आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सांकेतिक भाषाको प्रयोगमार्फत युवालाई होटल तालिम


  • माउन्टेन खबर
  • शुक्रबार, पुस २३, २०७८
  • 998
    SHARES

काठमाडौँ, २३ पुुस । एशोसियशन अफ नेपाल आकीद्वारा सञ्चालित ‘कोथिना मिठो छ’ संस्था लाजिम्पाटले सुस्त श्रवण शक्ति भएका व्यक्तिलाई सांकेतिक भाषाको प्रयोगमार्फत होटल तालिम प्रदान गरेको छ ।

उक्त संस्थाले द ल्याप्रोसी मिसनअन्तर्गत फाउण्ड परियोजनासँगको सहकार्यमा उनीहरुको क्षमता अभिवृद्धि एवं रोजगारी प्रदानका लागि सांकेतिक भाषाको प्रयोगमार्फत होटल तालिम प्रदान गरेको हो । कोथिना मिठो छ संस्थाका अध्यक्ष देवेन्द्र पोखरेलले शारीरिक रुपमा अशक्त भएका युवालाई आत्मानिर्भर बनाउनका लागि सांकेतिक भाषाको माध्यमबाट २५ जनालाई होटल तालिम प्रदान गरिएको जानकारी दिनुभयो । उनीहरुलाई सीप सिकाएर विभिन्न होटल तथा रेष्टुरेण्टमा पठाइने अध्यक्ष पोखरेलको भनाइ छ ।

फाउण्ड परियोजनाकी दोभासे यशोदा गुरुङले युवालाई सीप सिकाएर रोजगार प्रदान गर्ने उद्देश्यले बेकरीसम्बन्धी होटल तालिम प्रदान गरिएको जानकारी दिनुभयो । सीकेको सीपलाई प्रयोग गर्नका लागि आफैँलाई होटल, रेष्टुरेण्ट तथा बेकरी खोल्न प्रोत्साहन गर्ने गुरुङको भनाइ छ ।

एशोसिएशन अफ नेपाल आकीद्वारा सन् २०१२ मा मुनाफा वितरण नगर्ने संस्थाका रूपमा सञ्चालित उक्त संस्थमले हालसम्म तीन हजारभन्दा बढी युवालाई होटल तालिम प्रदान गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)