काठमाडौं, २९ पुस । यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता भएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपी बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एयरलाइन्सको तर्फबाट यति एयरलाइन्सका प्रमुख कार्यकारी निर्देशक (सिईओ) अनोज रिमालले र यूएनडीपीको तर्फबाट नेपाल प्रमुख आइसाने लावेले हस्ताक्षर गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै यति एयरलाइन्सका सिईओ रिमालले यूएनडिपीसँग सन् २०१७ साल देखि नेपालमा मौसम परिर्वतन सम्बन्धी,स्वास्थ्य ,शिक्षा र पर्यटन क्षेत्रमा काम गदै आएको बताउनु भयो । उहाँले यति एयरलाइन्स यूएनडीपीसँगको सहर्कायमा वातावरणको क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्दै आएको बताउनु भयो । सम्झौताले एयरलान्सलाई वातावरणको क्षेत्रमा काम गर्न प्राविधिक,विभिन्न तालिमहरुको लागि थप सहयोग पुग्ने सिईओ रिमालले बताउनुभयो । उहाँले पहिले देखि गर्दै आएको विरुवा रोप्ने, सरगरमाथाको फोहोर उठाउने तथा पर्यटन वृद्धि गर्ने काम अझ प्रभावकारी बनाउने गरी सम्झौता भएको बताउनु भयो ।

सिइओ रिमालले भन्नुभयो,‘यूएनडीपीसँग विगत सन् २०१७ साल देखि निरन्तररुपमा मौसम परिर्वत तथा शिक्षा,स्वास्थ्य र पर्यटन प्रर्वद्धनको क्षेत्रमा काम गरिका थियौ । नेपालको सबै भन्दा बढी नेटवर्क भएको एयरलाइन्स भएकाले यूनएनडीपीको प्रचार पनि हुने तर यसले गरेका काम प्रभावकारी हुने भएकाले एयरलाइन्सले सहकार्य गर्दै आएको छ । एयरलाइन्स कर्णाली तथा सुगम र दुर्गम स्थानमा समेत उडान गर्दै आएको छ। यूएनडीपीसँग मिलेर एयरलाइन्सले पनि वातावरणको क्षेत्रमा केही नयाँ काम गर्ने गरी सम्झौता गरिएको हो । यति एयरलाइन्स कार्वन न्यटन एयरलाइन्स भनेर चिनिदै आएको छ। यो वर्ष पनि यसको लागि प्रयास गरिरहेका छौं । एयरलाइन्स सन् २०१६ साल देखि वातावरण सरसफाई र सगरमाथाको फोहोर उठाउने काम गर्दै आएको छ । यति एयरलाइन्स यूएनडीपीसँगको सहर्कायमा वातावरणको क्षेत्रमा बढी प्राथकिता दिएर काम गर्दै आएको छ । सम्झौताले एयरलान्सलाई वातावरणको क्षेत्रमा काम गर्न प्राविधिक,विभिन्न तालिमहरुको लागि थप सहयोग पुग्ने छ । पहिले देखि गदै आएको विरुवा रोप्ने, सरगरमाथाको फोहोर उठाउने तथा पर्यटन वृद्धि गर्ने काम अझ प्रभावकारी बनाउने गरी सम्झौता भएको हो ।’

त्यस्तै,यूएनडीपीका नेपाल प्रमुख आइसाने लावेले यति एयरलाइन्ससँगको सम्झौता नयाँ नभएको बताउनु भयो । उहाँले विगत सन् २०१७ देखि निरन्तर रुपमा वातारणको क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । कार्वन उत्सर्जन कम गर्न वातावरणको दीगो संरक्षण र विकाशमा यो सम्झौताले महत्वपूर्ण काम गर्ने बताउनु भयो । प्रमुख लावेले यति एयरलाइन्ससँग वातावरणको क्षेत्रमा थप काम गर्ने सम्झौता गर्न पाउँदा खुसी व्यक्त गर्नु हो । उहाँले सम्झौतामा ५० हजार विरुवा रोप्ने र सगरमाथाको फोहोर व्यवस्थापनमा गर्ने र पर्यटन प्रवद्धन गर्ने सम्झौता भएको बताउनुभयो । प्रमुख लावेले भन्नुभयो,‘ यति एयरलाइन्ससँगको सम्झौता नयाँ होइन । सन् २०१७ देखि निरन्तर रुपमा वातारणको क्षेत्रमा सहकार्य गर्दै काम गरिरहेका छौं ।यति एयरलाइन्ससँग वातावरणको क्षेत्रमा थप काम गर्ने सम्झौता गर्न पाउँदा खुसी लागेको छ । यो सम्झौतामा ५० हजार विरुवा रोप्ने र सगरमाथाको फोहोर व्यवस्थापनमा गर्ने र पर्यटन प्रवद्धन गर्ने सम्झौता भएको हो।’

यति एयरलाइन्सले कोरोना महामारी भन्दा अगाडि एक हवाइ यात्रु एक विरुवा रोप्ने अभियान समेत गर्दै आएको थियो । तर यो अभियान कोरोना महामारीको कारणले रोकिएको छ । एयरलान्सले अहिलेसम्म २ लाख ७३ हजार भन्दा बढी विरुवा विभिन्न ठाँउमा रोपेको एयरलाइन्सले बताएको छ ।
