शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रहर ( निबन्ध )


  • गोपी मैनाली
  • शुक्रबार, पुस ३०, २०७८
  • 1.4K
    SHARES

रहर

रहरको सीमा हुँदैन, रहरका आधार पनि हुँदैन । रहर आमन्त्रण गरेर आउने पनि होइन । रहर पूरा हुन सक्नु र नसक्नुसंग रहरको सम्बन्ध भएको भए रहरको बुझाई, अर्थ, परिभाषा साँघुरो हुने थियो । रहर सामथ्र्य र सीमाभन्दा निरपेक्ष रहन्छ ।

रहर कल्पनाको जगमा उभिन्छ, सपनाको सागरमा डुवुल्की मार्छ । त्यसैले रहरको पौलमा मानिस आफैमा हराउँछ र रहरका मीठा मीठा स्वाद लिन थाल्छ । अनि कता हो कता हराउन पुग्छ ।

रहरका पनि तहसोपान र शृङखला हुन्छन् । स्कुले जीवनमा न्यानो ज्याकेट, राम्रो पोशाक, किताव बोक्ने राम्रो व्याकप्याक राम्रो कलम रहरको खात हुन्थ्यो । कक्षामा पहिला हुने, प्रतियोगितामा अरुलाई जित्ने, सुन्दर अक्षर लेख्ने रहर दोस्रा थिए । मन मिहेनत भन्दा पर पुगेर मात्तिने वानीमा रहरको मनोविज्ञान खेल्दो रहेछ ।

पहिलो रहर पूरा नभै त्यत्तिकै कठ्याङ्ग्रिएपछि जवर्दस्त दोस्रा रहरहरुले क्षतिपूर्ति खोजे । परीक्षामा अरुलाई जित्ने, प्रतियोगितामा अरुलाई जित्ने, बृक्तृत्वकला, कविता, निबन्धमा अरुलाई जित्ने रहरहरु चुलिए । यी सामथ्र्यका रहर, ती सामथ्र्य बाहिरका रहर । कसैलाई यी रहर सामथ्र्य बाहिरका त कसैलाई ती रहर सामथ्र्य बाहिरका । तर रहरले सामथ्र्य मात्र कहिल्यै भनेन । आखिर रहर न हो, मनले चुम्यो ।

रहर कहाँबाट उत्पादन हुन्छ, थाहा छैन । यति हो कि रहर छ र मानिस छ, रहर छ र अस्तित्व छ । रहर र मानिस छुट्टिन सक्दैनन्, नदी र किनारा जस्तै ।

कलेजका रहरहरु बेग्लै, कार्यालयका रहर झनै बेग्लै । पहाडका रहर, उपत्यकाका रहर, शहरका रहर र गाउका रहर सबै बेग्लै । रहर लाग्न पनि कल्पनासम्म पुग्नुपर्छ । कल्पना नै नगरेको कुराको रहर कसरी गर्नसक्थ्यो ? रहरले प्राप्तिको गन्तव्य खोज्छ । तर सबै रहर प्राप्त हुने भए ती रहर हुने थिएनन् । रहर प्राप्त गर्ने कर्मका बाटोहरु जटिल हुन्छन्, जाँगरले जटिलता सहज बनाउने हो । प्रगति, सभ्यता, समृद्धि सवै रहरका योग न हुन् ।

कसैले रहर ग¥यो, समर्पण र लगाव राख्यो प्राप्ति पनि भयो । कति रहरहरु सामथ्र्य बाहिर बगे्रल्ती छन् । सामथ्र्य र समर्पण बाहिरका रहर मनमै सीमित हुन्छन्, मनकै आनन्दमा रहन्छन् र बाष्पीभूत हुन पुग्छन् । त्यसैले रहरहरु छेकेवारबिहीन छन्, उन्मुक्त छन् । उर्लिन्छन्, मौलिन्छन् र सावुनका फिँज झै फेरि स्यापस्यूप पनि हुन्छन् ।

रहरका घरहरु अन्तरिक्षमा बन्न सक्छन्, निक्कै सुन्दर पनि शहर बन्न सक्छ । रहर कहिल्यै नराम्रो बनेर आएन । रहरको धरातल नराम्रो हुँदैन । रहरको चरित्र निजत्वमा रमाउने रहेछ, नराम्रो हुने कुरै भएन । रमाइला कुरा नराम्रा कहाँ हुन्छन् ? राम्रो बन्ने इच्छाको थाकमाथि रहरको कुन्यु लाग्छ । सिर्जना, समृद्धि सबै रहरका परिणाम । अप्राप्ति, दुख र बैराग्य चाँहि रहरका दुस्परिणाम ।

रहर लक्ष्य हो । तर रहर संधै लक्ष्य बन्दैन । रहरका बग्रेल्तीले मानिसलाई लक्ष्यहीन बनाएको पनि छ । रहर गर्दैमा रहरहरु पूरा हुने भए रहरको मनोलापमा हराउँदा थुक निल्नुपर्ने थिएन । रहरेहरु धेरै रहरमा उरलधुरल हुन्छन्, कार्यरुपमा स्यापस्युप हुन्छन् । रहर चुलिनु पर्छ तर स्याप्प हुनुहुन्न । रहरले नै मानिसलाई उत्कर्षमा पु¥याउने हो, उर्जा दिने हो, उत्कण्ठा जगाउने हो । सामथ्र्यका रहरहरु सफलताका जग हुन्, प्रगतिका आधार हुन् । सामथ्र्य सिर्जनाका लागि पनि रहर र सङ्कल्प चाहिन्छ । रहर र जीवन संगसंगै हिड्छन्, तर जीवन आफै चाँही रहरको परिणाम थिएन, तर रहर नभएको जीवन, जवानी र जगत हुँदैन ।

रहरलाई औपचारिकताले थिच्छ र विधिले ङ्याक्ङुक पार्छ । कार्यालयमा रहर पेपरवेटले थिचेको टाइप पेपर बनेर बस्यो । ठूला मञ्चहरुमा सानो मुद्रामा सङ्कुचियो । कक्षा कोठामा रहर कैद बन्यो । गोठालो जाँदा रहर उन्मुक्त पहाड चढ्छ, पिठ्यूमा ढाकरले थिच्दा रहर कति फराकियो कति । दुखमा सगरमाथा जस्तै अग्लियो, एकान्तमा हिमनदी जस्तै पग्लियो, बास्पीभूत भयो र फेरि मनमन्दिरमा कोचेप्रिएर बस्यो । मन न हो, रहर फैलिने अवसरको पर्खाइमा रहन्छ । रहर छेकिन चाहँदैन, उन्मुक्त फैलिन र बरु हराउन चाहन्छ पोखरीको तरङ्ग जस्तै गरी । रहरलाई वैलिन दिनु हुन्न, यो मौलाओस् । संसार, सभ्यता, समृद्धि सबै रहरको सिर्जना हो । रहरलाई दवाएर सबै साधु बने संसार नै निरञ्जन निराकार बन्ने थियो ।

रहरको समय हँुदैन । रहरले अनुमति पनि लिदैन । रहर आमाको काखबाटै शुरु भएथ्यो । कोक्रामा मच्चिदा, आँगनमा खेल्दा रहर मौलाउन थाल्यो । तर शिक्षा र सभ्यता सिकाउने नाममा उमेरसंगै रहर परिवारमै बाँधिन थाल्यो । पाठशालामा गुरुले रहरलाई अनुशासनको सिक्री लगाए, गृहकार्यको भारी बोकाएर रहर थिचियो र सिर्जना सिकाउने नाममा अक्षरले बाँध्यो । समुदायले साँघु¥यायो, साथीले समाए । सुशुप्त बनेको रहर मौका पाउने वित्तिकै तिमालमाथिको क्षितिज जस्तै फैलियो, बादलभित्र लुकामारी गर्दै महाभारत हानियो र हिमाल जस्तै अग्लियो । जति फैलिए पनि रहर सकिएन, जति दवाए पनि रहर दवेन । रहर स्वतन्त्रता हो, फैलिरहरन्छ । रहर माया हो बढिरहन्छ । क्षितिजजस्तै पर, पर झन पर, झनै सुन्दर ११

रहरलाई अरु कसरी बुझ्छन् कुन्नि । रहर त जीवनको निजत्व हो, नदेखिन्छ, न सकिन्छ । उन्मुक्तता हो । यो चेतनामा हुन्छ, अवचेतमा पनि हुन्छ । मनदेखि मस्तिस्कमा हुन्छ, दृश्यमा हुन्छ, अदेश्यमा हुन्छ, स्वादमा हुन्छ ।

रहरले विरुवाहरु जीवाङ्कुरनदेखि नै आकाशतिर दौडिन्छन् । शायद सूर्यलाई भेट्ने अवचेत रहर विरुवामा हुन्छ । लहराहरु माथितिरै अगि बढ्छन्, परसम्म फैलिन्छन् । सकि नसकी फैलिन्छन् । जराहरु जमीनतिर गाडिएर फैलाईको आधार दिएका हुन्छन् । रहर गरेर मात्र हुँदैन, द¥िहलो गरी जगमा अडिनुपर्छ भन्दै मानिसलाई प्रकृतिले सिकाएको होला । विरुवा, लहराका जीवनमा रहरसाथ संघर्षको कथा छ । र, भनिरहेको होला, रहर पिएर मात्र जीवन बाँचिन्न, सङ्घर्षको सहारा पनि आफै खोज ।

रहरहरु मायालु हुन्छन्, ईष्र्या र ईख गर्दैनन् । दम्भ र दुस्साहस पटक्कै गर्दैनन् । हानी नोक्सानी रहरको बानी होइन । आरोप आक्रमण रहरको बानी होइन । त्यै रहर गर्ने मानिसचाँही यथार्थको संसारमा ईष्र्या, ईख, दम्भ, दुस्साहस सबै गर्छ र आफनै मपाइत्व अलाप्छ । रहरमा फैलिएको मानिस यथार्थमा खुम्चिन्छ, साँघुरिन्छ, बटारिन्छ र अमानीय बन्छ । रहरले त मानिसलाई सरल, स्वच्छ र शुद्ध बन भनेरै सिकाएको हो । सिकाइबाट पर मानिस रहरप्रति नै अन्याय गरिरहेछ ।

रहर प्रकृति हो, न शुरु छ न अन्त्य नै । अथाह हुनु रहरको वैशिष्ट्य । त्यसैले मानिसजस्तै रहरहरु भिन्न भिन्न हुन्छन् । जति मानिस त्यति नै रहर । रहरले नै मानिसलाई भिन्न बनाएको हो । उसका सिर्जना भिन्न, कर्म भिन्न, आदत भिन्न, रुचि भिन्न, अभिरुचि भिन्न, वृत्ति भिन्न, प्रवृत्ति भिन्न । यही भिन्नताको स्वाद र स्वरुपले संसार बनाएको छ ।

जीवनमा रहर कहिल्यै रित्तिदैन, रित्तिनु पनि हुन्न । रहरको जगमा उभिने इच्छा, उद्वेग, कल्पना, चाहना निख्रिएर जीवन कहाँ बाँकी रहन्छ र ? जीवन यात्रालाई अगिल्तिर घचेट्न पनि रहर जाग्नुपर्छ । रहरले अर्को पृथ्वीको खोजी सम्भव बनाएको छ, रहरले अन्तरिक्षमा शहर बसाउन, ईश्वरीय शक्ति आर्जन गर्न, कृतिम बौद्धिकताको मानिस बनाउन र उसैबाट आफूलाई कजाउन थालेको छ । न जाने रहरले के के उधुम गर्ने हो ।

रहरले मानिस इच्छामरण चाहँदैछ । लाग्दो हो यति शक्तिशाली मानिस किन अरुको इच्छामा मर्ने ?मृत्युपछिको अनुभवको कल्पना गर्दैछ । रहरका खातहरु इच्छा, चाहना, कल्पना, स्वेरकल्पना, सपनाहरु हँुदै कुन्नि के कति चरणमा पुग्ने हुन्, तर मानिस अनन्त बन्न चाहन्छ । रहरै त हो, उमेर सच्याएर (सच्चिने भए) जीवनको आस्वाद गर्न चाहन्छ । यति छोटो जीवनले रहर कहाँ पु¥याउँछ र ? जीवन छ त रहर छ, रहर भएर पो जीवन छ ।

-गोपी मैनाली

मैनाली निवास, शंखमूल I

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }