आइतवार, बैशाख २३, २०८१

कांग्रेस केन्द्रिय सदस्य विनोद चौधरी विरुद्धको उजुरी खारेज


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ४, २०७८
  • 417
    SHARES

काठमाडौं , ४ माघ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीविरुद्ध परेको उजुरी केन्द्रीय निर्वाचन समितिले खारेज गरेको छ । केन्द्रीय सदस्यमा निर्वाचित भइसकेपछि उनको उम्मेदवारीलाई लिएर परेको उजुरी निर्वाचन समितिले खारेज गरेको हो । उनको योग्यता सम्बन्धमा निर्वाचनमा पराजित भएका डा. सुभाषचन्द्र यादवले उजुरी हालेका थिए ।

निर्वाचन प्रक्रियामा तोकिएको समयभित्र उजुरी नदिई परिणाम सार्वजनिक भएपछिमात्र उजुरी परेको भन्दै रीत–प्रक्रिया नपुगेको आधारमा समितिले निर्णय गर्दै उजुरी नै खारेज गरेको हो । गत मंसिर २४ देखि भएको पार्टीको १४ महाधिवेशनमा २५ गते मधेसी खुला कोटाबाट केन्द्रीय सदस्यमा चौधरी र यादवसहित २३ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएपछि उम्मेदवारविरुद्ध उजुरी दिने समय पनि सोही दिन तोकिएको थियो ।

तर उक्त समयभित्र भने उनीविरुद्ध उजुरी परेन । उनीविरुद्ध उनले जित हासिल गरेपछि पर्यो । २३ मध्ये पाँच जना निर्वाचित हुनेमा चौधरीले दोस्रो स्थानमा रहेर निर्वाचन जिते । छैटौं स्थानमा रहेर निर्वाचित हुन नसकेका डा. यादवले आफू पराजित भएपछि चौधरीको उम्मेदवारीको विषय (क्रियाशील सदस्यताबारे उठाइएको अयोग्यताबारे) लाई लिएर उजुरी हाले ।

त्यसपछि गत पुस ३० गते उक्त उजुरीबारे निर्णय गर्दै उजुरीकर्ता यादवले दिएको उजुरी प्रक्रिया पुर्याएर तोकिएको समयभित्र नआएको र परिणाम सार्वजनिक भएपछि मात्र आएको भन्दै उजुरी नै खारेज गरिएको हो ।

निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरे तथा सदस्यहरु सीताराम केसी, एगराज पोखरेल र तेजबहादुर रावलको बैठकले एकमतका साथ निर्णय गर्दै चौधरी विरुद्धको उजुरी खारेज गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }