मङ्लबार, बैशाख २५, २०८१

सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहन्छ : कांग्रेस नेता दिपक खड्का


  • माउन्टेन खबर
  • आइतवार, माघ १६, २०७८
  • 581
    SHARES

काठमाडौं, १६ माघ।   सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता दिपक खड्काले सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनु भएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले नेपाली कांग्रेसले गठबन्धनमा रहेका दलहरुलाई निर्वाचनमा सँगै लिएर जाने सोच बनाएको बताउनुभएको हो । उहाँले संविधान र ऐनका बिचमा धेरै कुराहरु मिलाउनुपर्ने भएपनि निर्वाचनको मुखमा धेरै चलाउने नहुने धारणा व्यक्त गर्नुभयो । नेता खड्काले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले संसदलाई सुचारु गरेर मुलुकलाई निकास दिनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘मलाई जहासम्म लाग्छ अहिलेसम्मको जति छलफलहरु छ नेपाली कांग्रेसले गठबन्धनमा रहेका दलहरुलाई सँगै नै निर्वाचनमा लिएर जाने सोच बनाएको छ । सहमती भइसकेपछि संशोधनका धेरै कुराहरु हुन्न । छलफलकै कुराहरु हुन्छ । अहिले निर्वाचनको मुखमा आएर हामीहरुले धेरै कुराहरु चल्न थाल्यौँ भने त्यसबाट पर्ने जटिलताहरु धेरै छन् । धेरै कुराहरु मिलाउनुपर्ने छ संविधान र ऐनहरु बिचमा अन्य कुराहरु पनि छन् । त्यो कुराहरु हामी निर्वाचित भएर आइसकेपछि हामीले एउटा समिति बनाएर के–के हामीले संशोधन गर्नुपर्ने हो, के कारणले हामी अप्ठ्यारो महशुस गरिराखेका छौँ, यो त हामी नयाँ प्राक्टिसमा छौँ, प्राक्टिसबाट प्राप्त कुराले हामीलाई के भनिराखेको छ भनेर साझा धारणा बनाएर अगाडी बढ्नुपर्छ अहिले नै धेरै चल्नु हुँदैन । उहाँहरु पनि(नेकपा एमाले) जिम्मेवार भएर संसदलाई सुचारु गर्नेतिर लाग्नुपर्दछ । मुलुकलाई निकास दिनुपर्छ ।’

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनको पक्षमा हुनु सकारात्मक भएको बताउनुभयो । स्थानीय तहको निर्वाचन जेठ ५ गतेभन्दा पछाडी लानु नहुने उहाँले बताउनुभयो । जेठ ५ गते पछाडी जनप्रतिनिधिको समयावधि सकिने र कर्मचारीले पनि स्थानीय तह चलाउन नमिल्ने भएकाले त्यस अगावै निर्वाचन हुनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘गठबन्धनले चुनाव हुनुपर्छ भन्यो यो सकारात्मक हो । अब यसलाई मन्त्रीपरिषद्ले कहिले निक्र्योल गर्छ, वा फेरी बाहानाबाजी गर्छ, यो हेर्न बाँकी छ । ऐनमा लेखेको थियो दुई महिना अगाडी नै चुनाव गर्नुपर्छ । त्यसकारणले निर्वाचन आयोगले चैतमा नै गर्ने भनेको थियो । यो सरकारले सकेन, चैतबाट बैशाख गयो, बैशाखबाट जेठमा आयो । स्थानीय तहको निर्वाचनलाई जेठको लामो लानु हुँदैन । जेठ ५ गतेपछि कहाँबाट समय ल्याउने त, प्रथम चरणको निर्वाचनको अन्तिम नतिजा त जेठ ५ गते आइसक्या छ, पाँच वर्ष पुरा हुन्छ । त्यो भन्दा अगाडी गर्नुपर्नेमा धेरै ढिलो गरेमा फेरि रिक्त हुन्छ । कर्मचारीबाट चल्न सक्ने होइन, त्यस्तो कहिँ व्यवस्थै छैन । सम्पूर्ण अधिकार गाउँपालिका र नगरपालिकालाई नै कार्यकारिणी अधिकार दिएको छ भने कार्यकारिणी अधिकार समाप्त भएको जनप्रतिनिधिको अवस्थामा कर्मचारीले कामै गर्न सक्दैन ।

नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले आगामी बैशाखभित्रै निर्वाचन गर्नुपर्ने बताउनुभयो । बैशाखसम्ममा निर्वाचन गर्न सम्भव रहेको उहाँको तर्क छ । सरकारले छिटोभन्दा छिटो निर्वाचनको मिति तोक्नुपर्ने उहाँले बताउनुभयो । संविधानसँग कानून बाझिएको बाहनाबाजीमा एकदिन पनि निर्वाचनको मिति सार्नु नहुने नेता तामाङले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिलेको गठबन्धनभित्र रहेका दलहरु आफुलाई लोकतन्त्रमाथि विश्वास राख्छ भने बैशाखभित्रै निर्वाचन गर्नुपर्छ । केही बितेको छैन । तयारी गर्न कुनै फरक पर्दैन । समय छ हामीसँग । चैत र वैशाखमा निर्वाचन गर्न सक्छौँ हामी । कानूनको हिसाबले पनि कुनै प्रेसर छैन । हामी छिटोभन्दा छिटो निर्वाचनको तिथि घोषणा गरेर अगाडी जाओस् भन्ने पक्षमा हामी छौँ । कुनैपनि बाहानामा संविधानसँग कानून बाझियो भनेर गलत व्याख्या गरेर त्यो बाहानामा निर्वाचन सार्ने कुरा बैशाखको मशान्तबाट एकदिन पनि पर जानु भनेको जेठमा लाने भनेको निर्वाचन सार्ने नै कुरा हो । एक दिन सरे पनि निर्वाचन सारिएकै भन्ने ठर्हछ ।’

नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले स्थानीय तह निर्वाचनको सम्बन्धमा संविधान र ऐन बाझिएको भन्दै ऐनको संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले ऐन सच्याएर मात्रै निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘२२५ धारा हेर्नुस्, जहाँ लेखिएको छ स्थानीय नगरसभा र गाउँसभाको निर्वाचन कार्यावधि समाप्त भएको मितिले ६ महिनाभित्र सम्पन्न गरिनेछ । ऐनमा जानुस्, स्थानीय तह निर्वाचन सम्बन्धी ऐनको दफा ३ मा जानुस्, स्थानीय तहको निर्वाचन कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडी नै गर्नुपर्ने छ भनेको छ । ऐन र संविधान बाझ्या रहेछ भने सरकारले चुपो लागेर बस्ने कि सच्याउने ? सच्याउनुप¥यो । संविधान सँग बाझिएको कानून मिलाउनुप¥यो ।’

नेता बिडारीले सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय तहको मिति तय गर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }