शुक्रबार, बैशाख २८, २०८१

केन्द्रीय सुरक्षा समिति बैठक: स्थानीय निर्वाचनको सुरक्षाबारे छलफल


  • माउन्टेन खबर
  • बुधबार, माघ १९, २०७८
  • 371
    SHARES

१९ माघ, काठमाडौं । केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल गरिएको छ ।

बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो । बैठकमा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताउनुभयो । सुरक्षा निकायहरुबाट आवश्यक पृष्ठपोषण लिएर अगाडी बढिने पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘समय समयमा यो बैठक बसिरहन्छ । यो बैठकले के गर्छ भन्दाखेरी अहिलेको समसामयिक सुरक्षास्थिति के छ, त्यसबारे छलफल गर्छ र त्यो बारेमा आजपनि छलफल भयो । अहिलेका हाम्रा सुरक्षा इस्यूहरु के हुन्, ति इस्यूहरुलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल भयो । र प्रधानमन्त्री र निर्वाचन आयोगबीच जेठ ४ गते चुनाव गर्ने अनौपचारिक रुपमा कुरा भइराखेको रैछ । अब हामीले सुरक्षा कसरी निर्वाचनमा, कुन किसिमले सुरक्षा गर्ने, सबै सुरक्षा निकायबाट त्यसको फिडव्याक लिएर अगाडी बढ्ने भन्ने विषयमा छलफल भयो । निर्वाचन केन्द्रीत सुरक्षा योजना कसरी तयार गर्ने, जनशक्तिको व्यवस्थापन लगायतको विषयमा छलफल भयो ।’

बैठकमा देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }