रसुवा ,७ फागुन ।
स्थानीय तह कर्मचारी युनियनको अध्यक्षमा सर्वसम्मत रुपमा विकास आचार्य चयन हुनु भएको छ।
शनिबार सम्पन्न उत्तरगाया गाउँपालिकामा भएको कर्मचारीहरुको भेलाले अध्यक्षमा स्थानीय कर्मचारी विकास आचार्यको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा सारदा आचार्य,सचिवमा उत्सव पोख्रेल र कोषाध्यक्षमा शंकर घिमिरे चुनिनु भएको छ।
सदस्यहरुमा रामचन्द्र न्यौपाने,सन्तोष उपाध्याय,निकिता ढकाल,शान्ती घले,जनक आचार्य,सरोज केसि,चक्र बहादुर कार्की,सुन बहादुर तामाङ र रामशरण पौडेल निर्वाचित हुनु भएको छ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको सदस्य उपेन्द्र लम्सालको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
