सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकवासी लालगोपाल सुवेदीको यौवन सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १५, २०७८
  • 840
    SHARES

कवि तथा गीतकार लालगोपाल सुवेदीको शब्द रचनामा आधारित आधुनिक गीत युटुबबाट सर्वजनिक भएको छ ।’नौनी घिउले आगोसँग ख्यालठट्टा गर्नुहुँदैन ‘ बोलको यस गीतमा नारायण रायमाझीको संगीत , राजेश पायल राई ( मुख्य) र दीपा सुहांग ( नयाँ)को स्वर रहेको छ । रीमा रेकर्डिगले भर्खरै सार्वजनिक गरेको यस गीतका एरेन्जर मनोज खड्का हुन् ।

स्मरणीय छ गीतकार सुवेदी २०४७ सालमा तत्कालीन जनसंख्या आयोगद्वारा आयोजित अधिराज्यव्यापी गीत प्रतियोगितामा प्रथम भई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट पुरस्कृत भएका थिए भने २०५१ सालमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी गीत प्रतियोगितामा शब्द रचनामा प्रथम भएका थिए ।

कुनै समय सुवेदीले लेखेको ‘परदेशी ‘ फिल्मको गीतले करोडौँको भ्युयोर्स पाएर निकै चर्चित बनेको थियो र अहिले पनि चर्चामा नै छ । सुवेदीका गीत मानवीय संवेदनाको गहिराइमै पुगेर सिर्जना गरिएका हुन्छन् । शब्दका पारखीहरूले विशेष मन पराउनेछन् भन्ने आशा गरिएको छ ।अझ आजका टिनएजरहरूका लागि त विशेष सन्देशमूलक बनेको छ यो गीत ।

म्युजिक भिडियो सुन्न यहाँ क्लिक गर्नुहोला :

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }