आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आन्तरिक हवाई उडानको भाडा बढ्यो, कुन रुटमा कति ? (सूचीसहित)


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २२, २०७८
  • 316
    SHARES

काठमाडौं ,२२ फागुन। नेपाल वायुसेवा संचालक संघले आन्तरिक हवाई उडानको भाडा वृद्धि गरेको छ । आइतबार (फागुन २२) देखि लागू हुने गरि संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो ।

संघले आन्तरिक उडानतर्फ ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा वृद्धि गरेको छ । आइतबारदेखि लागू हुने गरी तोकिएको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा भाडा वृद्धि भएको छ ।

विराटनगर–नेपालगञ्ज रुटमा ५४० रुपैयाँले भाडा वृद्धि गरिएको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले भाडा  बढेको छ ।

यस्तै, काठमाडौं–धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ–सुर्खेत ३४५ र काठमाण्डौ–नेपालगञ्जको ३३० रुपैयाँले भाडा वृद्धि गरिएको छ ।

नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि ह्वाई उडान कम्पनीहरुले पनि भाडा वृद्धि गर्न बाध्य भएको जनाएका छन्।

हेर्नुहाेस् सूची :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)