सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ढुङ्गेधाराको तरकारी बजारमा आगलागी, ७० वटा स्टल जल्यो


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २२, २०७८
  • 454
    SHARES

२२ फागुन, काठमाडौं । काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ । बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ । काठमाडौँ महानगरपालिका–१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण आउन बाँकी रहेको र घटनाको विषयमा अनुसन्न्धान जारी रहेको वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । विद्युत् सर्ट भएर आगो लागेको अनुमान प्रहरीको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)