बाँके , २३ फागुन। एक बर्षको निरन्तर प्रयास पछि बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ब्राकिथेरापी उपचार सेवा सुरु भएको छ। हिजो पहिलो बिरामीको(पूर्ण निसुल्क) उपचार गरियको अस्पताल प्रशासनले जनाएको छ।

RB Merchant काठमाडौँ को सहयोगमा जर्मनी बाट रेडियोधर्मी सोर्स झिकाउन सफल भए संगै हिजोबाट अस्पतालमा रेडियोथेरापीको पुरक उपचार ब्राकिथेरापी सेवा सुरु भएको हो।

ब्राकिथेरापी उपचारको लागि अब सुदुर-पश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका क्यान्सरका बिरामीले २-३ महिना कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ। समयमै सुलभ तथा गुणस्तरीय ब्राकिथेरापी उपचार सेवा अब हामीले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाटै प्रबाह गर्न सक्ने छौ अस्पताल प्रशासनले भन्यो।

२०६२ सालमा प्रखर परोपकार मिशनबाट अस्पताल सञ्चालनका लागि अभियान सुरु भयो। ११ माघ २०६५ मा धनधान्यञ्चल ज्ञान महायज्ञबाट संकलित पाँच करोड २६ लाख र प्रखर परोपकार मिसन नेपाल नामक संस्थाको तीन करोड २६ लाख ६१ हजार रुपैयाँमा ‘नेपाल क्यान्सर अस्पताल’ को नाममा पूर्वाधार निर्माणका कामहरू थालिएका थिए।

जनस्तरबाट सुरु भएको यो अस्पताललाई १५ फागुन २०७३ को मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाको पहलमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति स्व.सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ का रुपमा सरकारीकरण गरिएको थियो।
