सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश,केन्द्रिय सदस्य आचार्यद्वारा स्वागत


  • आषिश तामाङ
  • आइतवार, फाल्गुन २९, २०७८
  • 1.1K
    SHARES
 रसुवा,२९ फागुन।  रसुवामा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्नु भएको छ ।
नेपाली कांग्रेस प्रदेश क्षेत्रीय (क) कार्यसमिति रसुवाले शनिबार आयोजना गरेको प्रदेश सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य एवम संघिय सांसद ईन्जिनियर मोहन आचार्यले उहाँहरुलाई  कांग्रेसमा प्रवेश गराउनु भएको हो।
कांग्रेस प्रवेश गर्नेमा एमाले लागायत अन्य पार्टीको स्थानीय निर्वाचनको प्रत्यासी उम्मेदवार देखि विभिन्न तहको नेता कार्यकर्ताहरु हुनुहुन्छ।
विभिन्न वडाको गरि १५० जनाले कांग्रेस प्रवेश गरेका छ्न।
नवप्रवेशीहरुलाई स्वागत गर्दै आउँदै केन्द्रिय सदस्य एवं सांसद आचार्यले  स्थानीय निर्वाचन केन्द्रित भएर गाउँ गाउँमा संकृय हुन स्थानिय नेता कार्यकर्तालाई आग्रह गर्नुभयो।   “घरघर जाऔँ,कांग्रेसलाई जिताऔँ अभियान” लाई सफल पार्न आग्रह गर्दै उहाँले सडक संजाल,गुणस्तरीय शिक्षा,आधुनिक स्वास्थ्य सेवा र पर्यटन प्रवर्द्धनको लागि नेपाल सरकार सङ्ग  आफुले आवश्यक पहल गरिरहेको बताउनु भयो।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्यव्दय प्रभात तामाङ र प्रेम तामाङ , बागमती प्रदेश कार्य सम्पादन समितिका सदस्य लामा कार्पु तामाङ,उपेन्द्र लम्साल,शेष कुमारी अधिकारी र पार्टी सभापति पेम्बा छिरिङ तामाङले गाँउको विकास नेपाली काँग्रेसले मात्र गर्न सक्ने बताउनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)