सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

परियोजना अनुगमन समितिको दोस्रो बैठक


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ३०, २०७८
  • 612
    SHARES

काठमाडौं ,३० फागुन।

मकवानपुर जिल्लाको हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक आज काठमाडौंमा सम्पन्न भयो । भारत सरकार विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव  सतीश सिवान र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव  कमल प्रसाद पोखरेलले सो बैठकको सह–अध्यक्षता गर्नुभयो ।

बैठकमा परियोजनाको समग्र कार्यान्वयन पक्ष र प्रगतिबारे  समिक्षा भयो । समितिले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दियो   । कोभिड महामारीका कारण परियोजनाले गति लिन नसकेको उल्लेख गर्दै दुवै पक्षले उक्त परियोजना महामारीले खडा गरेको चुनौति पार गरी अब निर्माणको अन्तिम चरणमा रहेको बतायो ।

बैठकका क्रममा नेपाली पक्षले नेपालको पूर्वाधार विकासका लागि गरेको निरन्तर सहयोग  प्रति भारत सरकारलाई धन्यवाद दियो । परियोजना अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकुल पर्ने मितिमा गर्ने सहमति भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)