सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमसिसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री देउवा


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ३०, २०७८
  • 445
    SHARES

त्रिशूली, ३० फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम(मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी राष्ट्रको हितमा भएको बताउनुभएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता नेकपा ९एमाले० नेतृत्वको सरकारले संसद्बाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताउनुभयो ।

“एमसिसीलाई एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री भीम रावलले मन्त्रिपरिषद्को सिफारिसमा संसद्बाट पास गराउन पेस गर्नुभएको हो”, प्रधानमन्त्री देउवाले सांसद भीम रावलप्रति टिप्पणी गर्दै भन्नुभयो, “एमसिसी राष्ट्रघाती भन्दै हिँड्ने उहाँ (रावल) रक्षामन्त्री हुँदा अनुमोदनका लागि संसद्मा लैजान हस्ताक्षर गर्ने अनि अहिले विरोध गर्दै हिँड्नेले त्यो समयमा किन राजीनामा नदिएको?

सरकारमा हुँदा एमसिसी चाहिन्छ भनेर संसद्बाट पास गर्नुपर्छ भनेर लाग्नेहरु अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेर दोहोरो चरित्र नदेखाउन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।

उहाँले एमसिसी नेपालको विकासका लागि निःशुल्क प्राप्त भएको अनुदान भएकाले ऋण जतिपनि लिनुपर्ने, यस ९एमसिसी०को त ब्याजसमेत तिर्नु नपर्ने भएकाले यो राष्ट्रको हितमा छ, अहित केही पनि गर्दैन भन्नुभयो ।

कार्यान्वयमा केही आशङ्का देखाइएको छ भन्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नेपालको कानूनअनुसार सञ्चालन हुने हुँदा अफवाह फैलाउनेको पछि नलाग्न आग्रह गर्नुभयो ।

“एमसिसी कार्यक्रमअन्तर्गत निर्माण गरिने प्रसारण लाइनबाट बम आउँछ भन्नेदेखि पशुपतिमा समेत अमेरिकी सेना भित्रिन्छ भनेर भ्रम छरेर केही हुन्न”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “देशको विकासका लागि यसले फाइदा पुग्छ, रोजगारी सिर्जना हुन्छ, प्रतिस्पर्धामा यहीँका निर्माण व्यवसायीले नै बनाउने जिम्मा लिन पाउँछन् ।”

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन नजिक आइसकेकाले त्यसलाई भयरहित वातावरणमा निष्पक्षरूपमा गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यसम्पादन समितिका सदस्य अजुर्ननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्य बहादुरसिंह लामा ९तामाङ० नेकपा ९एमाले०का केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना, नेकपा ९माओवादी केन्द्र०का प्रदेशसभा सदस्य हिरानाथ खतिवडालगायतका वक्ताहरुले नयाँ भवनको निर्माणले किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवामा थप गुणस्तरसहित जनतालाई सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विभिन्न स्रोतबाट जुटाइएको रु चार करोड ५६ लाखमा नयाँ भवन निर्माण गरिएको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । तोकिएको समय अगावै निर्माण व्यावसायीले उक्त भवन सम्पन्न गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)