सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय राजमार्गसँग जोडियो रसुवाको आमाछोदिङ्मो गाँउपालिकाको हाकुगाँउ


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ५, २०७८
  • 496
    SHARES

रसुवा, ५ चैत्र । रसुवाको आमाछोदिङ्मो गाँउपालिका हाकुगाँउ राष्ट्रिय राजमार्गसँग जोडिएको छ ।

त्रिशुली नदीमा निमार्णाधिन माथिल्लो त्रिशुली जलबिद्युत आयोजनाले बेलिबृज पुल निर्माण गरि दिएसँगै हाकुगाँउ गल्छि त्रिशुली, मैलुङ, स्याफ्रुबेसी र सुवागढी राजमार्गसँग जोडिएको हो । आमाछोदिङ्मो गाँउपालिकाले वडा नम्बर एक र दुईमा सडकको ट्रयाक खोल्ने काम सकिएसँगै सडक राजमार्गसाग जोडिएको हो ।

गाँउपालिकामा जनप्रतिनिधि आएसँगै भौतिक निर्माण अन्तर्गत पहिलो प्राथमिकता सडक निर्माणलाई दिएकाले सबैको सहयोगमा ठुलोहाकु राष्ट्रिय राजमार्गसँग जोडिन सफल भएको गाँउपालिकाका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो ।

रसुवाको आमाछोदिङ्मो गाँउपालिका हाकुगाँउ राष्ट्रिय राजमागसँग जोडिएसँगै स्थानीय बासिन्दाको आय-आर्जनमा वृद्धि हुने विश्वास समेत गरिएको छ ।

सदरमुकाम धुन्चेबाट नजिकै देखिए पनि एक दिनको पैदल यात्रा गर्नु पर्ने यस ठाँउमा जो कोहि सहजै जान नमान्ने अबस्थामा रहेको हाकुगाँउ राष्ट्रिय राजमार्गसँग जोडिएपछि स्थानीयहरु हर्षित बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)