सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभा बैठक आज बस्दै


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ८, २०७८
  • 516
    SHARES

मकवानपुर, ८ चैत ।
बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ ।

बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको सचिव खड्काले बताउनुभयो ।

उहाँका अनुसार सो विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेश गर्नुहुनेछ । बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य हुनुहुन्छ । जसमा नेकपा ९एमाले०का ४३, नेकपा ९माओवादी केन्द्र०का २३, नेपाली कांग्रेसका २२, नेकपा ९एकीकृत समाजवादी०का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना हुनुहुन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)