बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा वडासचिवको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १७, २०७८
  • 725
    SHARES

१७ चैत, सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को२४प ९४५६ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)