सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्थानिय निर्वाचन

रसुवामा काँग्रेस पार्टीले दियो घरदैलो अभियानलाई तीव्रता

पाँच वटै गाँउपालिकामा काँग्रेसको विजय निश्चित : केन्द्रिय सदस्य आचार्य


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १९, २०७८
  • 638
    SHARES

रसुवा , १९ चैत। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित गरि काँग्रेसले हिमाली जिल्ला रसुवामा चुनावी गतिविधि बढाएको छ । पाँच  गाउँपालिका रहेको रसुवामा काँग्रेस पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

नेपाली कांग्रेसले  जिल्लाभर चुनावी अभियान सञ्चालन गरिरहेको छ । ‘घर घर जाऔँ, कांग्रेस जिताऊ’ अभियानका साथ नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ । यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट समेत पार्टी प्रशिक्षणलगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ ।

रसुवाबाट प्रतिनिधिसभा सांसद एंव काँग्रेस केन्द्रिय सदस्य ईन्जिनियर मोहन आचार्य यस पटक पाँच वटै गाँउपालिकामा नेपाली काँग्रेसले विजय हासिल गर्ने बताउनु हुन्छ।

संमृघ्द रसुवा निर्माणका लागी रसुवालि जनताले काँग्रेसलाई नै रोज्ने उहाँ बताउनु हुन्छ। काँग्रेसले नेतृत्व गरेका गाँउपालिकामा सम्पन्न विकास निर्माणका गतिविधिले यसको पुष्ठि गरिसकेको उहाँ बताउनुहुन्छ।

पाँच स्थानीय तह भएको रसुवामा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दुई गाउँपालिका, नेकपा (एमाले) ले दुई गाउँपालिका र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो । नयाँ शक्ति पार्टि अहिले काँग्रेस पार्टीमा विलय भै सकेको छ। रसुवामा ३२ हजार ३२३ मतदाता रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)