रसुवा , १९ चैत। हिमाली जिल्ला रसुवाको कालिका गाँउपालिका वडा १ ग्राङमा ने क पा माओवादि केन्द्र र ने क पा एमाले परित्याग गरि १५० भन्दा बढि नेता नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्नु भएको छ।

कालिका गाँउपालिका १ ग्राङ मा नेपाली कांग्रेस द्वारा आयोजित वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा संधिय सांसद एंव काँग्रेस केन्द्रिय सदस्य मोहन आचार्यले उहाँहरुलाई काँग्रेसमा प्रवेश गराउनु भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य आचार्यले काँग्रेस नेतृत्वले मात्र गाँउको विकास गर्न सक्ने बताउनुभयो।
देशभरिनै काँग्रेसप्रति जनलहर बढ्दै गएको छ भन्नु हुदै उहाँले आगामी स्थानिय निर्वाचनमा रसुवाको सबै गाँउपालिकामा काँग्रेसले विजय हासिल गर्ने बताउनु भयो।

‘घर घर जाऔँ, कांग्रेस जिताऊ’ अभियानमा रसुवाली जनताको उल्लेख्य सहभागिता रहैको छ भन्दै उहाँले सो अभियान मार्फत अहिले काँग्रेसनेताहरू जनताको घर दैलोमा पुगिरहनु भएको बताउनुभयो।
समृघ्द रसुवा निर्माणकालागि आफ्नो कायकालमा सडक ,पूल, खानेपानी ,सिंचाई , स्कूल र स्वास्थ्य चौकी निर्माणमा घेरै काम भएको बताउनुभयो।
