सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वनमा


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २१, २०७८
  • 525
    SHARES

२१ चैत, काठमाडौं । बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वयनमा आएको छ । ऐन कार्यान्वयनमा आएसंगै प्रदेश सरकारले आवश्यक काम समेत अघि बढाएको छ ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा आइतबार बसेको प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकले ऐन प्रभावकारी कार्यान्वयनका लागि प्राथमिकताका साथ थप काम अघि बढाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता रुद्रहरि भण्डारीले जानकारी दिनुभयो ।

प्रदेशसभाले सो ऐन गत चैत १४ गते जारी गरेको थियो ।
बैठकमा परिषद्का उपाध्यक्ष एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णराज पन्त, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)