सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चितवनका मतदानस्थललाई तीन तहमा बाँडियो


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २५, २०७८
  • 675
    SHARES

२५ चैत, काठमाडौं । जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थललाई वर्गीकरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तमाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाइ वर्गीकरण गरिएको बताउनुभयो । समितिको बैठकले ३१ स्थललाई अति संवेदनशील, ८२ लाई संवेदनशील र ४८ स्थललाई सामान्यरुपमा लिइएको छ । प्रमुख जिल्ला अधिकारी तमाङका अनुसार निर्वाचनस्थलको निरीक्षणपछि सो सङ्ख्यामा वर्गीकरण गरिएको हो । अघिल्ला निर्वाचनमा भएका घटनाका आधारमा स्थलको वर्गीकरण गरिएको बताइएको छ ।

जिल्लाका सात पालिकामा ४५१ मतदान केन्द्र रहेको छ । केन्द्रमा निर्वाचनका लागि दुई हजार २५५ कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाउनेछ भने प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीयरुपमा नै नियुक्त गरिने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनका लागि कर्मचारी माग गरिएको छ । यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा वैशाख ३ र ४ गते अधिकृतलाई तालिम दिइनेछ । वैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उहाँले बताउनुभयो । यही वैशाखमा हुने निर्वाचनमा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)