आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्दै


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २९, २०७८
  • 606
    SHARES

२९ चैत, काठमाडौं । आरोही लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्नुहुने भएको छ ।

सोमवार काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै सगरमाथा आरोहणका लागि विदाई गरेको हो । कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरु कुनै पनि कामका लागि पछि हट्दैनन् र जुन कुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताउनु भयो । १० औँ पटक हिमाल आरोहण गरेपछि नेपाल र विदेशमा पनि नेपालको मानसम्मान र प्रतिष्ठा पुग्ने विश्वास रहेको बताउनु भयो । उहाँले हिमालमा रहेको फोहोरहरु कम गरी स्वच्छ हिमाल बनाउने काममा आरोहीहरुले पनि भुमिका खेल्न आवश्यक रहेको बताउनु भयो । आरोही लाक्पाले आफू अबको सगरमाथा आरोहण कीर्तिमानी आरोही एडमन हिलारीको झैँ गर्न चाहेको बताउनु भयो । लाक्पा १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाँदै हुनुहुन्छ ।

संखुवासभाको मकालुकी लाक्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण २००० सालमा गर्नुभएको थियो । त्यसपछि क्रमशः २००१,२००३, २००४, २००५, २००७, २०१६,२०१७ र २०१८ मा सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले अहिलेसम्म दक्षिण र उत्तर दिशाबाट सगरमाथाको आरोहण गर्नुभएको छ । लाक्पाले अहिलेसम्म १ पटक नेपालतर्फको बाटोबाट र ८ पटक चीनतर्फबाट सगरमाथाको आरोहण गर्नुभएको छ । १० औँ पटक सगरमाथा आरोहणका लागि लाक्पा आउँदो अप्रिल १५ मा सगरमाथाको आधारशिविरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आरोही लाक्पा सबैभन्दा बढी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने महिला समेत हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)