सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्वाचन लोकतन्त्रको प्राणवायु : काँग्रेस केन्द्रिय सदस्य आचार्य


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १, २०७९
  • 913
    SHARES

रसुवा, १ वैशाख 

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य ईन्जिनियर मोहन आचार्यले नयाँ वर्ष २०७९ सालको सुखद् अवसरमा प्रदेशसहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

केन्द्रिय सदस्य आचार्यले आज दिनुभएको सन्देशमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै नयाँ वर्ष थप सुखद् र उपलब्धीमूलक बन्न सकोस् भनेर कामना गर्नुभएको छ । सन्देशमा उहाँले नयाँ वर्ष २०७९ मुलुकमा सङ्घीय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको प्रदेश सभाको अन्तिम वर्ष पनि भएको र यस वर्षको सुरुआती महिना वैशाखमा मुलुकभरका स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न हुन गइरहेको उल्लेख गर्नुभएको छ ।

केन्द्रिय सदस्य आचार्यले यस वर्ष प्रदेश र सङ्घीय संसद्को कार्यकाल समाप्त हुने वर्ष पनि रहेको भन्दै आवधिकरूपमा जनताको अभिमत सङ्कलन गर्ने र यसकै आधारमा राज्य व्यवस्था सञ्चालन हुने भएकाले निर्वाचनलाई लोकतन्त्रको प्राणवायु पनि भनिन्छ भनेर उल्लेख गर्नुभएको छ ।

उहाँले निर्वाचनले राज्यव्यवस्था र यसका सञ्चालकलाई सामाजिक स्वीकृति प्रदान गर्नुका साथै यसै वर्ष हुने सबै तहका निर्वाचनको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)