सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजियो


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ५, २०७९
  • 671
    SHARES

५ बैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिएको छ । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु हुन्छ । जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिने जात्रा सम्पन्न गरिएको जात्रा सञ्चालन समितिको अध्यक्षसमेत रहनुभएका काठमाडौँ महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी काठमाडौँ महानगरपालिका वडा नं ५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा भव्यरुपमा गरिन्छ । जात्राका क्रममा आज भने देवीदेवतालाई विश्राम दिइन्छ । वैशाख कृष्ण तृतीयाका दिन मङ्गलबार भाटभटेनी महिला समूहले विशेष पूजा गर्ने विधि गरिने जात्रा सञ्चालन समितिले जनाएको छ ।

जात्राका लागि नक्साल चार ढुङ्गेको माने खटसमेत आज रातिसम्म टुँडालदेवी लगिएको छ । जात्राका क्रममा भातको देउता बनाएर टुँडालदेवीमा लगिने विधि भने पूरा भइसकेको छ । भाटभटेनी जात्रा काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि सम्बोधन गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)