बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्सामा कांग्रेस र जसपाले मित्रवत् प्रतिस्पर्धा गर्ने


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ५, २०७९
  • 584
    SHARES

५ बैशाख, काठमाडौं । सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा यी दुई दलबीच जिल्लामा चुनावी तालमेल नगरी मित्रवत् प्रतिस्पर्धामा जाने सहमति भएको उल्लेख छ । आसन्न निर्वाचनमा जिल्लामा यी दुई दलबीच तालमेल नहुने भएपछि जिल्लाका वीरगञ्ज महानगरसहित जिल्लाका १४ वटै स्थानीय तहमा आ–आफ्नो उम्मेदवार उतार्ने छन् ।

निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले मिलेर चुनाव लड्ने केन्द्रीय नेताहरुले कसरत गरिरहेको बेला जिल्लामा भने ती दुई दलबीच तालमेल नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् । जिल्लाभरि मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिका, अन्य तीनवटा नगरपालिका र १० वटा गाउँपालिका छन् ।

वीरगञ्जमा यसअघि तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर विजयकुमार सरावगी नेकपा (एमाले)मा प्रवेश गरिसकेका सक्नुभएको छ । उहाँलाई एमालेले मेयरको उम्मेदवारका रुपमा अगाडि पनि सारिसकेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)