सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको उत्तरगया गाउँपालिकामा कांग्रेसद्वारा अध्यक्षमा ११ र उपाध्यक्षमा ८ जनाको नाम सिफारिस


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ५, २०७९
  • 575
    SHARES

रसुवा,५ वैशाख

रसुवाको उत्तरगया गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा ११ जना र उपाध्यक्षमा ८ जनाको नाम सिफारिस गरेको छ । उम्मेदवार छनोट तथा छलफलका लागि जिल्ला कार्य समितिले दिएको निदेर्शन अनुसार नाम सिफारिस गरिएको हो । गाउँपालिकाको पाँचवटै वडाका सभापति र जेष्ठ सभापति बृद्धि बहादुर घलेको सभापतित्वमा आइतबार बसेको बैठकले नाम सिफारिस गरेको हो ।

गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष  उपेन्द्र लम्साल, नेताहरु मंगल तामाङ, ओम आचार्य, लेखनाथ अधिकारी, धनबहादुर गुरुङ, जनक जीवन उपाध्याय, सारदा कुमार न्यौपाने, बिप्लप खड्का, गणेश श्रेष्ठ, पुरुषोत्तम पौडेल र तोयानाथ न्यौपानेको नाम सिफारिस गरिएको छ ।

यस्तै उपाध्यक्षमा शेष कुमारी अधिकारी, सुनिता माया गुरुङ, सिर्जना तामाङ, मञ्जु गुरुङ, शान्ता खड्का, ऋतु ग्यामदान, जमुना श्रेष्ठ र निर्मला तामाङको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)