बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विराटनगर महानगरमा ५६ जनाको उम्मेदवारी दर्ता


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ११, २०७९
  • 611
    SHARES

मोरङ, ११ वैशाख 
विराटनगर महानगरपालिकामा विभिन्न राजनीति दलका ५६ जनाले महानगर प्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा जनमत पार्टीबाट प्रमुख पदमा अरुणकुमार मण्डल, स्वतन्त्रबाट उमेशकुमार यादव र सक्रिय गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ । कार्यालयका सूचना अधिकारी हेमबहादुर वुढाथोकीका अनुसार वडाध्यक्षमा १८ र सदस्यमा ३५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउने राजनीतिक दलमा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, विवेकशील साझा पार्टी, पिछडा वर्ग, निषाद, दलित, जनजाति पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।

यस्तै लेटाङ नगरपालिकामा प्रमुख पदमा दुई, उपप्रमुखमा एक, वडाध्यक्षमा दुई र सदस्यमा आठ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)