१२ बैशाख, काठमाडौं । विराटनगर महानगरपालिकाको उपमेयरमा जनता समाजवादीबाट अमरेन्द्रलाई यादवको नाम सिफारिस भएको छ ।
आइतबार राति बसेको पार्टीको कार्यकारिणी समितिले विराटनगरको उपमेयरमा अमरेन्द्र यादव र वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ दलहरूको भागबण्डामा वीरगञ्ज महानगरपालिकाको मेयर तथा विराटनगर उपमहानगर पालिकाका उपमेयर जसपाको भागमा परेको छ ।
अमरेन्द्र जसपाको विराटनगर महानगर कमिटीका अध्यक्ष पनि हुन् भने उनि पार्टी अध्यक्ष उपेन्द्र यादवको छोरासमेत हुन्।
