सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा उम्मेदवार विरुद्ध परेका सबै उजुरी रद्द


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १५, २०७९
  • 738
    SHARES

रसुवा ,१५ वैशाख

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध परेका सबै उजुरी रद्द भएको छ । निर्वाचन अधिकृतको कार्यालयहरूले दिएको जानकारी अनुसार छानबिन पश्चात सबै उजुरी रद्द भएको हो ।

जिल्लामा मनोनयन दर्ता गरेका ८ जना विरुद्ध उजुरी परेको थियो । जिल्लाको आमाछोदिङ्मोमा अध्यक्ष विरुद्ध २ र उपाध्यक्ष विरुद्ध १, उत्तरगयामा दलित महिला सदस्य विरुद्ध १ र गोसाइँकुण्डमा वडाध्यक्ष विरुद्ध एउटा उजुरी दर्ता भएको थियो । आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्ति प्रसाद लुइटेलका अनुसार नेकपा एमालेका उम्मेदवार विरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारले, नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध नेकपा एमालेलेका उम्मेदवारले उजुरी दिएका थिए ।

यस्तै ३ वटा सदस्य पदका लागि पनि उजुरी दिएकोमा यसको अर्थ थिएन । ‘सदस्य पदका लागि ३ वटा उजुरी आएको थियो’, उनले भने, ‘तर अन्य व्यक्तिले गरेका कारण यसको अर्थ रहेको थिएन ।’ गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवार विरुद्ध स्वतन्त्रका उम्मेदवारले उजुरी हालेका थिए ।

नेपाली कांग्रेसबाट उम्मेदवारी बनेका विरुद्ध आफु कार्यरत संस्थाबाट राजीनामा नदिएको भन्दै उजुरी दर्ता आएको थियो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार उनले राजीनामा दिएको पत्र बुझाएपछि उक्त उजुरी रद्द भएको हो ।

यस्तै उत्तरगया गाउँपालिका दलित महिला सदस्यको विरुद्ध दलित भएको आधिकारिक पत्र नबुझाएको भन्दै उजुरी परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)