सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा ३० जनाले लिए उम्मेदवारी फिर्ता


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १७, २०७९
  • 702
    SHARES

रसुवा ,१७ वैशाख

रसुवामा विभिन्न राजनीतिक दलको तर्फबाट तथा स्वतन्त्रबाट मनोनयन दर्ता गराएका ३० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाको उत्तरगयामा ५, गोसाइँकुण्डमा १, कालिकामा ८, आमाछोदिङ्मोमा ५ र नौकुण्डमा ११ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी, राप्रपा, जनता समाजवादी पार्टी लगायतका दलबाट बागी उम्मेदवारी दिएका तथा अन्य गरि ३० जनाले मनोनयन फिर्ता लिएको हुन् ।

रसुवाको पाँच वटा पालिकाका नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गरेका सबैले उम्मेदवारी फिर्ता लिएका छन् ।

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीले कार्बाही गर्ने चेतावनी काँग्रेस रसुवाले दिएको थियो । नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका सबै बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको पार्टी सभापति पेम्बाछिरिङ तामाङले बताउनुभयो । उहाँका अनुसार उम्मेदवारी फिर्ता लिने समयअवधिभित्र नौकुण्डका ९ जना, कालिकाका १ र उत्तरगयाका १ जनाले ले उम्मेदवारी फिर्ता लिएका हुन् ।

जिल्लामा ५ वटा गाँउपालिका छन् । जसमा २७ वटा वडा रहेका छन् । यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् । यस पटकको निर्वाचनमा ४६७ जना प्रतिस्पर्धामा छन् । जिल्लामा १४५ पदको लागि निर्वाचन हुदैछ । जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन । अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)