बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘प्रजातान्त्रिक आन्दोलनमा मजदुर वर्गका भूमिका महत्वपूर्ण ’


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १८, २०७९
  • 541
    SHARES

विराटनगर, १८ वैशाख 
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको प्रजातान्त्रिक –लोकतान्त्रिक आन्दोलनको इतिहासमा मजदुर वर्गको भूमिका र योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ शुभाकामना सन्देश जारी गर्दै उहाँले मजदुरहरूले आफ्नो हक–अधिकारको पूर्ण जीवनोपयोगी र सार्थकरूपमा प्रयोग गर्न सकुन भन्ने बताउनुभयो । मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानीबाट आठ घण्टा काम, आठ घण्टा आरम र आठ घण्टा मनोरञ्जनसहितको अधिकार स्थापित भएको स्मरण गर्ने गौरवमय दिनका रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाइन्छ ।

विज्ञप्तिमा भनिएको छ “सन् १८८६ मे १ मा अमेरिकाको सिकागो सहरमा मजदुरले अधिकार प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलन गरेका थिए । व्यापक धरपकड र दमन भएको उक्त आन्दोलनको तीन वर्षपछि सन् १९८९ मा फ्रान्समा सम्पन्न विश्वका मजदुर र रोजगारदाताबीचको बैठकले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउने निर्णय गरेपश्चात आज हामी १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेका छौँ ।”

नेपालको प्रजातान्त्रिक सङ्घर्षको इतिहासमा मजदुर आन्दोलनको महत्वपूर्ण योगदान रहेको छ । विसं २००७ मा प्रदेश नं १ को औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरले प्रजातन्त्रको बिगुल फुकेका थिए । मजदुरहरूले सुरु गरेको नेपालको प्रजातान्त्रिक आन्दोलनको मुख्यमन्त्री राईले विशेष स्मरण गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)