सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा मत माग्दै मतदाताको घरदैलोमा काँग्रेस उम्मेदवार


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १८, २०७९
  • 794
    SHARES

रसुवा, १८ वैशाख 
आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको पाँचै पालिकामा नेपाली कांग्रेसका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।

कांग्रेसले एक महिना पहिले पनि घर घर जाँउ काँग्रेस जिताउँ अभियान अन्तर्गत  चुनावी अभियान शुरु गरेको हो  । अहिले पनि काँग्रेस जनताको घरदैलोमा गएर मत माग्न कृयाशिल छ।

 

जिल्लामा ५ वटा पालिका छन् । जसमा २७ वटा वडा रहेका छन् । यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् । यस पटकको निर्वाचनमा ४६७ जना प्रतिस्पर्धामा छन् । जिल्लामा १४५ पदको लागि निर्वाचन हुनेछ । जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन । अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)