रसुवा,१८ वैशाख
जिल्लाको नौकुण्ड गाउँपालिकामा कांग्रेसको चुनावी महोल बढेको छ।स्थानीय तहको निर्वाचन नजिकिए सङ्गै कांग्रेसको उम्मेदवारहरुले जनताको घरदैलोमा पुगेर मत माग्न थालेको छ।

निर्वाचन आयोगले बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ।स्थानीय तहको निर्वाचन २०७४ मा कांग्रेसले गाउँपालिका अध्यक्षमा निर्वाचित भएको थियो। छ वटा वडा रहेको यस गाउँपालिकामा यसपालिको निर्वाचनमा कांग्रेसले जित्ने दावी गरिरहेको छ्न।

