बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विराटनगरमा आज चुनावी आमसभा गर्दै काँग्रेस


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २१, २०७९
  • 486
    SHARES

काठमाडौं ,२१ वैशाख

नेपाली कांग्रेसले आज बुधबार मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ ।

 पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

कांग्रेसले साताव्यापी चुनावी आमसभा आजदेखि सुरू गर्दैछ । यस्तै भोलि बिहीबार चितवनमा हुने सभामा सभापति देउवा, नेता पौडेललगायत नेताले सम्बोधन गर्नेछन् ।

वैशाख २३ गते काठमाडौंमा हुने चुनावी सभालाई सभापति देउवासहित अन्य शीर्ष नेताले सम्बोधन गर्नेछन् । वैशाख २४ मा बुटवलमा, तनहुँको दमौली र जनकपुरमा सभा हुने कांग्रेसले जनाएको छ । सो सभामा सभापति देउवा, नेता पौडेल, महामन्त्री गगन थापालगायत वक्ता रहनेछन् ।

यसैगरी, वैशाख २५ गते पोखरा र दाङमा चुनावी सभा हुनेछ । वैशाख २६ गते कैलालीको धनगढीमा सभा हुँदा वैशाख २७ गते डडेल्धुरामा सभा हुनेछ ।

नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित देशका विभिन्न स्थानमा चुनावी सभा गर्ने निर्णय गरेको हो ।

वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)