सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यस्तो छ उत्तरगया गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको संयुक्त प्रतिवद्धता


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २१, २०७९
  • 661
    SHARES

२१ बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिनुभएका उपेन्द्र लम्साल (अध्यक्ष) सुनितामाया गुरुङ (उपाध्यक्ष)ले निर्वाचन प्रतिवद्धताहरु सार्वजनिक गर्नुभएको छ। लामो समयदेखि राजनीतिसँगै समाजसेवामा पनि लाग्दै आउनुभएको उहाँहरुले संयुक्तरुपमा आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गर्नुभएको हो। उहाँहरु दुवैजनाले नेपाली कांग्रेसबाट आफ्नो उम्मेदवारी दिनुभएको छ।

उहाँहरुको प्रतिवद्धता पत्रमा गाउँपालिकाका स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि तथा सिंचाई, यातायात, वस्ती विकासलगायतका विषयहरुलाई समेट्नुभएको छ।

जसअन्तर्गत गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गरिनुका साथै कक्षा १ देखि कक्षा १२सम्म नि:शुल्क शिक्षाको व्यवस्था गरिने पत्रमा उल्लेख गर्नुभएको छ।

गाउँपालिकाभित्र रहेका खोलाहरुमा आवश्यकताअनुरुप पक्कि पुलहरु बनाइने उहाँहरुले बताउनुभएको छ। त्यस्तै स्वास्थ्य क्षेत्रमा गाउँपालिकाभित्र १५ शैयाको आधुनिक अस्पतालको स्थापना गरी सर्वसुलव स्वास्थ्य सेवा प्रदान गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।

त्यस्तै पर्यटन क्षेत्रको प्रवर्धनका लागि स्थानीय भेषभुषा र संस्कृतिलाई संरक्षण गरी होमस्टे संचालनमा ल्याइने उहाँहरुले प्रतिवद्धता गर्नुभयो।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)