रसुवा , २२वैशाख
रसुवाको कालिका गाउपालिकामा ५ मानेडाडामा नेकपा एमालेका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गर्नु भएको छ।

कालिका ५ मानेडाडा निवासी हरी प्रसाद पौडेल ,लिला नाथ पौडेल ,कृष्ण प्रसाद पौडेल,गेब प्रसाद पौडेल र पौषनाथ पौडेल सम्पुर्ण परिवार सहित नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गर्नु हो ।


उहाँहरुला नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं प्रतिनिधि सभा सदस्य ईन्जिनियर मोहन आचार्य ले पार्टीमा स्वागत गर्नु भयो।
सो अवसरमा केन्द्रिय सदस्य आचार्यले विकास निर्माणको अभियान संञ्चालन गरि जनआकांक्षा अनुरुपको शासन व्यवस्था संञ्चालन काँग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको बताउनु भयो।

संमृघ्द रसुवा निर्माणको लक्ष्य पुरा गर्ने दिशामा काँग्रेस नेतृत्वले काम गरिरहेको बताउदै उहाँले विगत ५ बर्षको अबधिमा रसुवामा थुप्रै विकास आयोजनहरु अगाडी बढाईएको बताउनुभयो।


प्रतिक्रिया
सम्बन्धित समाचार
