सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २३, २०७९
  • 386
    SHARES

२३ बैशाख, काठमाडौं । मुख्य निर्वाचन अधिकृत कार्यालयले निर्वाचन आचार संहितालाई पूर्णरूपमा पालना गर्न राजनीतिक दललगायत सबै पक्षलाई आग्रह गरेको छ । कार्यालयले एक अपिल जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारले आचारसंहिता पालना नगरेको भन्ने जनगुनासो बढेको जनाउँदै यसको पूर्णरूपमा पालना गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको हो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले शान्ति पूर्ण तवरले निर्वाचन सम्पन्न गर्ने गराउने कार्यमा सबै पक्षबाट सहयोग मिल्नेमा पूर्ण आशावादी रहेको बताउनुभयो ।

यसैबीच नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी)लगायतका ११ राजनीतिक दल मतदाताको घर घरमा पुग्न थालेका छन् । माइकिङ तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै ती दलका नेता तथा कार्यकर्ता जुटिरहेका छन् ।

जिल्लामा पाँच गाउँपालिकामा २७ वडा छन् । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आसन्न निर्वाचमा कूल ३८ हजार ५४५ ले ३४ मतदानस्थलको ५१ केन्द्रबाट मतदान गर्ने छन् ।

स्थानीय प्रशासनले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ । प्रशासनले मदिरा बिक्री वितरणमा रोक लगाउँदै उम्मेदवार तथा कार्यकर्ता चुनाव प्रसारमा जाँदा आलोपालो गर्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसी र जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले निर्वाचन केन्द्रित सुरक्षा योजना कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)