त्यहाँदेखि यहाँसम्म
चार अक्षोहिणी सेना लिएर पाण्डव/कौरव युध्द हेर्न पुगेका नेपालेश्वर या भारतेश्वर जयद्रथ टुप्लुक्क कुरुक्षेत्रमा पुगे।जयद्रथको पहुँच कति छ? कृष्णले चाल पाएनन्।
लुक्न टिप्न सक्ने दूरदर्शी, पुरुषार्थी, अन्तर्यामी, तान्त्रिक,शस्त्रज्ञाताजस्ता शक्तिशाली गुणसम्पन्न भएको चाहिँ कृष्णलाई थाहा थियो। हुनसक्छ कतैबाट या आफ्नै योग बलले कृष्णले बुझेका थिए। यसर्थ आफ्ना पक्षमा पार्न प्रयास गर्नु आश्चर्य थिएन तर सकेनन्।
सर्वगुणसम्पन्न भएर पनि अपवादका रूपमा दुई गुण- सोझोपन र हठ उनमा बढी नै अर्थात अपवादमा थिए। तैपनि कृष्णले उनलाई आफूतिर लिन प्रयास गरे,अर्जुनलाई तयार राखेर यमराजको ढोकातिर सङ्केत गर्न खोजे तर सकेनन् मात्र होइन आफैँले देख्न सकेनन् जयद्रथलाई,कारण ऊ घाम अस्ताएको हेर्न चाहन्थ्यो यसर्थमा कि रातमा उसको मृत्यु थिएन । कृष्णले सुदर्शन चक्रद्वारा घाम छेलिदिए। जयद्रथ मख्ख परेर बाहिर निस्कियो ।
अर्जुनले ललकारे मात्र होइन उसको शिर नै छेदन गरी दिए कृष्ण आफू युध्दको तमासे मात्र बन्ने सहभागिता नजनाउने कुरा स्पष्ट पारे।
श्री कृष्णले आफ्ना सेना युध्दमा सामेल नहुने प्रतिबध्दता जाहेर गर्न उत्साहित गराएपछि दुर्योधनले यो पनि स्विकारे।
भनाइ छ-जयद्रथले एक दृष्टि मात्र लगाएपछि सकारात्मक भए हारेकाले जित्थे,नकारात्मक भए जितेकाले हार्थे। यो कुरा वा जयद्रथको यस शक्तिलाई चतुर कृष्णले बुझेका थिए।
समाधानका रूपमा वाचाबाट नाँघेर वर नै माग्न पुगे। यसर्थ जयद्रथको शिरछेदन गरियो, टाउकाले पनि आफ्नो करामत देखाइरह्यो । परिणामत:वाँण प्रहार गरी हिमालपारि पुर्याइदिए।
विरोध भयो कृष्णले जयद्रथलाई नमर्ने वरदानका बेला मारे,रातमा जयद्रथ मर्दैन।हल्ला बेजोडले दुर्योधन पक्षबाट आएपछि कृष्णले सूर्यबाट आफ्नो सुदर्शनचक्र झिके । घाम चारैतिर झल्मल्ल। सबै जिल्लाराम!!हिजोको यही परिणाम आज नेपालमा जताततै देखिदै छ। सीमास्तम्भ उखेलिन्छन्,सायद जयद्रथको दृष्टि इशारा भारततिर छ वा चीनतिर। घेरिन्छ नेपाल नै,सायद उनको दृष्टि चीन वा भारततिर नै छ। पानी थुनिन्छ जलमग्न नेपाल,सायद उनको आश्रय भारततिर नै छ। सेना छन् नेपालमा,प्रयोग हुन असमर्थ, सायद उनको सकारात्मक दृष्टिले उतै ध्यान दिएको छ।
जयद्रथ इन्द्रचोकमा प्रसाद बाँडेर त बसेका छन् तर आफ्नो शरीरको गीँडभाग काशीमा रहेकाले त्यता र त्यताका सत्ताधारी जो जो छन् तिनलाई नै नजिकबाट हेर्दै चाकरी बजाउने बानी संस्कारमै परिणत भइसकेझैँ जयद्रथ उतै लठ्ठिएछन्। जय जयद्रथ!!