रसुवा, २३ वैशाख । नेपाली काँग्रेस रसुवा गोसाईकुण्ड गाँउपालिकालेघरदैलो अभियानलाई तीव्रता दिएको छ ।
बैशाख ३० गते हुन लागेको स्थानिय निर्वाचनका लागि काँग्रेस गोसाईकुण्ड रसुवाले गाँउगाँउमा घरदैलो कार्यक्रम गरेको छ । उक्त घरदैलो कार्यक्रमलाई स्थानीय बासीले समेत साथ र समर्थन दिन थालेपछि काँग्रेसको पक्षमा जनलहर बढेको छ ।

घरदैलो कार्यक्रममा रसुवाली जनताले काँग्रेस उम्दवारलाई माला र खादा ओढाएर अग्रीम विजयको शुभकामना व्यक्त गरेका छन् ।

रसुवाको गोसाईकुण्ड गाँउपालिकामा काँग्रेसको तर्फबाट गाँउपालिका अध्यक्षमा नेपाली कांग्रेस रसुवाका पार्टी सभापति पेम्बा छिरिङ तामाङले उम्मेद्धारी दिनुभएको छ ।

काँग्रेसको घर दैलो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संधिय सांसद मोहन आचार्य र प्रदेश सांसद प्रभात तामाङ्ग पनि सकृयरुपमा सहभागि भै रहनु भएको छ।
चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य एवं संधिय सांसद मोहन आचार्यले रसुवाको पाँच वट्टै गाँउपालिकामा काँग्रेसले विजय हासिल गर्ने बताउनुभयो।

