शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आज सीता जयन्ती


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २७, २०७९
  • 503
    SHARES

जनकपुरधाम,२७ वैशाख

आज सीता जयन्ती । हरेक वर्ष वैशाख शुक्ल नवमीको दिनलाई जानकी जयन्तीका रुपमा मनाइने गरिन्छ ।

राष्ट्रिय विभूति सीता उत्पत्ति दिवसका दिन सीताप्रति श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरेर देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत पुराणमा वर्णन गरिएको छ ।

भगवान विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रको रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति हुनुभएको धर्मशास्त्रविद्हरुको भनाइ छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ ।

अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदासँगै जानुभएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनेर महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सीताको सम्झना गरिन्छ ।

आज जनकपुरको जानकी मन्दिरमा विशेष मेला लाग्ने गर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)