सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा ४० प्रतिशत मत खस्यो


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३०, २०७९
  • 529
    SHARES

३० बैशाख, काठमाडौं । रसुवामा ४० प्रतिशत मत खसेको छ । हालसम्म ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा आज (शुक्रबार) जिल्लामा उत्साहमय रुपमा मतदान भइरहेका छ ।

जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको कार्य सुरु भएको थियो । मतदान गर्न ७ बजे अघि देखि नै मतदाताहरु लाइनमा बसेका थिए । मतदान केन्द्रहरुमा बिहानैदेखि घुँइचो लागेको छ ।

बृद्धबृद्धा, अशक्त, अपांगता लगायतका नागरिकहरुको पनि उत्साहजनक रुपमा मतदानमा सहभागी भएका छन् ।
जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा २ सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र प्रहरी र नेपाली खटिएका छन् ।

जिल्लामा ५ वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् । जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन् । जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन् । अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ ।
जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)