सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमाली जिल्ला रसुवामा ७७.६९ प्रतिशत मत खस्यो


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३०, २०७९
  • 555
    SHARES

रसुवा, ३० बैशाख
रसुवामा ७७ प्रतिशत मत खसेकोे छ । स्थानिय तहको निर्वाचनका लागि शुक्रबार भएको मतदानमा जिल्लामा ७७ दशमलब ६९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो ।

३८ हजार ५ सय ४५ मतदाता रहेको जिल्लामा २९ हजार ९ सय ४६ मत खसेको उहाँले बताउनु भयो । जसमा १५ हजार ४ सय ९१ जना पुरुष र १४ हजार ४ सय ५५ जना महिला रहेका छन् ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा ४ हजार २ सय १५ मत खसेको छ भने उत्तरगया गाउँपालिकामा ६ हजार ५ सय १८ मत, कालिका गाउँपालिकामा ६ हजार ७ सय १४ मत, गोसाईकुण्ड गाउँपालिकामा ४ हजार ७ सय ७३ र नौकुण्ड गाउँपालिकामा ७ हजार ७ सय २६ मत खसेको छ ।

कुल मतदाता मध्ये २२ दशमलब ३१ प्रतिशत मत खसेन । जुन ८ हजार ५ सय ९९ मत हो ।
मतदान प्रक्रिया सम्पन्न भएसँगै जिल्लाका सबै मतदानस्थल तथा मतदान केन्द्रको मतपेटीका सम्बन्धित मतगणनास्थलमा पुग्ने क्रममा रहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो । लाङटाङ बाहेकको मतपेटीका स्थानिय तहको मतगणनास्थलमा पुग्ने उहाँले बताउनु भयो । सम्बन्धित पालिकाको मतपेटीका मतगणनास्थलमा आइपुगेसँगै मतगणनाको प्रक्रिया सुरु गरिने समेत उहाँले बताउनु भयो ।

जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनु भयो । जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको कार्य सुरु भएको थियो । मतदान गर्न ७ बजे अघि देखि नै मतदाताहरु लाइनमा बसेका थिए । मतदान केन्द्रहरुमा बिहानैदेखि घुँइचो लागेको थियो ।

बृद्धबृद्धा, अशक्त, अपांगता लगायतका नागरिकहरुको पनि उत्साहजनक रुपमा मतदानमा सहभागी भएका थिए ।
जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा २ सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र प्रहरी र नेपाली खटिएका छन् ।

जिल्लामा ५ वटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् । जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन् । जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन् । अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)