सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा मतगणना सुरू


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ३१, २०७९
  • 589
    SHARES

रसुवा, ३१ वैशाख 
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गएरातिदेखि सुरू भएको छ ।

जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना सुरू भएको हो । गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ४ लाङ्टाङ केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले एक गाउँपालिकाको गणना आज साँझदेखि मात्र सुरू हुने बताइएको छ ।

पाँच गाउँपालिकाको कूल ३८ हजार ५४५ मतदातामध्ये ५१ मतदान केन्द्रबाट करिब ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।

भौगोलिक विकटताका कारण पैदलमार्गबाट लाङ्टाङको मतपेटिका आज बिहानै धुञ्चे सदरमुकाम प्रस्थान गराई सकिएको जनाइएको छ । अहिलेसम्म करिब एक हजारभन्दा बढी मतगणना भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)