सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हेटौँडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ३१, २०७९
  • 603
    SHARES

३१ बैशाख, काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ ।मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि केहीबेरअघिदेखि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । उहाँका अनुसार हेटौँडाको चार वडाको मतगणना एकैपटक सुरु भएको छ । ती वडा नं १, २, १८ र १९ छन् ।मतगणनास्थलमा सुरक्षा व्यवस्थाका लागि तारजालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्यनजर गर्दैै सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । जिल्लाको थाहा नगरपालिका, मनहरि गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा मतगणना जारी रहेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनअन्तर्गत शुक्रबार जिल्लाको १६५ स्थानमा ३५६ मतदान केन्द्र÷उपकेन्द्रबाट मतदाताले मतदान गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)