आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखरामा मतगणना ढिलो भएपछि मतगणनास्थल थपियो


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ४, २०७९
  • 658
    SHARES

४ जेठ, काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीका पाँच पालिकामध्ये चार गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकाको परिणाम सार्वजनिक भइसक्दा पनि पोखरा महानगरको गणना जारी छ ।

वैशाख ३१ गतेबाट पोखराको मतगणना सुरु भएकामा महानगरका ३३ वडामध्ये हालसम्म वडा नं १, २, ४, १२ र २३ को मात्र अन्तिम परिणाम घोषणा भएको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेकामा चार दिनमा ३१ हजार मतमात्र गणना गरिएको छ ।

पोखरामा अझै २९ वडाको परिणाम आउन बाँकी छ । मतगणना सुस्तगतिमा भइरहेकाले पोखरा अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुईवटा गणनास्थल थप गरेको छ । मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार मङ्गलबार रातिदेखि दुई मतगणनास्थल थप गरिएको हो ।

पोखराका गणना अहिले नगर विकास समितिको सभाहल र जिल्ला समन्वयको हलमा छ मतगणनास्थलको १० सर्कलबाट भइरहेकामा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको भवनमा गणनास्थल थप गरिएको हो । गणनास्थल थपपछि गणना छिटो हुने विश्वास लिइएको छ ।

पोखरामा अहिलेसम्म ३१ मतगणना सकिँदा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १२ हजार ९४५ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का कृष्णबहादुर थापाको ११ हजार १५० मत छ । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाटले १३ हजार २३३ मतसहित अग्रता बनाउनुभएको छ । एमालेका मञ्जुदेवी गुरुङको १२ हजार ७२८ मत छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)