सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली पहिचान बोक्ने ‘नेपालीहरू’ (घाउ आँफैँलाई दुख्छ बाट)


  • गोपी मैनाली
  • शुक्रबार, जेष्ठ २०, २०७९
  • 646
    SHARES

नेपाली पहिचान बोक्ने ‘नेपालीहरू’

जन्मेको स्थान मातृभूमिको सेवा गर्न मन कसलाई पो हुँदैन र ? माटो र मुटुको माया कतिसम्म हुँदोरहेछ भन्ने उदाहरण नेपाली मूलका वर्मेली साहित्यकार लक्ष्मण न्यौपानेले सन् २०१८ मा नेपाल आउँदा त्रिभुवन विमानस्थलमा ओर्लिनेबितिक्कै जमिनमा लम्पसार परेर गगल्चिँदै भावविह्वल भएर प्रस्तुत गरे । नेपालबाहिर रहँदैमा नेपालीत्व छोड्न सकिँदैन र चाहेर पनि आफू तथा आना पूर्वज जन्मको माटोको माया छाड्न सकिँदैन भन्ने उदाहरण पनि हुन् लक्ष्मण न्यौपाने ।

कतिपय नेपाली ‘नेपाली मन’ लिएर अर्को मुलुकलाई कर्मभूमि बनाइरहेका छन् । उनीहरू ‘आनै मातृभूमि नेपालको लागि त्यो पसिना बगाउन पाएको भए’ भन्ने सोच्दा हुन् । बाध्यता, रहर वा अवसर जे कारण भए पनि धेरै नेपाली नेपाली मन लिएर कर्मभूमि अन्यत्रै बनाइरहेका छन् । उनीहरूलाई आनो उद्भव, संस्कृति, समाज र अरू धेरै आनैले निर्देश गरिरहेको हुन सक्छ । उनीहरूले कर्म र अवसरको उपयोगमा पाएको सफलताबाट समस्त नेपालीको ‘शान र वान’ बढ्छ, पहिचान र प्रतिष्ठा बिस्तारिन्छ ।

म विश्व विकास प्रतिवेदन, मानव विकास प्रतिवेदनलगायतका अध्ययन हात पर्नेबितिक्कै तिनको तर्जुमामा रहेका अनुसन्धाताको नाम पढ्न थाल्छु । कैयन् वर्षका प्रतिवेदनमा बल्ल एकजना नेपालीको नाम भेटें र मन फुरुङ्ग भयो– अर्थशास्त्री डा.स्वर्णिम वाग्लेको नाम देखेर । मलाई थाहा भएसम्म विश्व प्रतिवेदनहरूमा उल्लेख नेपाली अनुसन्धाताको पहिलो नाम थियो ‘डा वाग्ले’ ।

सन् २००४ मा हिरोशिमा शान्ति स्मारकमा अवलोकन गर्दा मेरा आँखाले धेरैबेरसम्म संवेदना पुस्तिकामा नेपाली हस्ताक्षर खोजिरह्यो । दोस्रो विश्वयुद्धको महाविनाशमा संवेदना दिने सेलिबे्रटी अनि राष्ट्र र सरकारका प्रमुखको हस्ताक्षरको नाम थियो । धेरै बेरको खोजीपछि साथी नाकायामाको सहयोगले संवेदना पुस्तिकामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम भेटेपछि मन प्रफुल्ल भएथ्यो । नाकायामा मात्र होइन– प्रोफेसर कोवायाशी र इनामीहरूले पनि मेरो अनुहार पढिरहेका रहेछन् ।

यो ‘वसुधैव कुटुम्बकम्’ को समाजमा मनहरू यसरी खुम्चिन हुन्छ ? उदार राष्ट्रवादले सबैलाई बराबर हेर्नुपर्दैन ? होइन सबै मानवजातिप्रति संवेदनशील भएर पनि आनो उद्भव, माटो र पहिचानमा भने विशेष भाव राख्नु मानव कर्तव्य हो अनि राष्ट्रियतामात्र होइन– मानवधर्म हो । माटो र मुटुको सम्बन्ध अक्षुण्ण भएर नै समाज यहाँसम्म आइपुगेको हो ।

विश्वभरि फैलिएका लाखौं नेपाली मनले नेपाली पहिचान, सम्बन्ध र केही हदमा समृद्धिको विस्तार गरिरहेका छन् । अर्को अर्थमा नेपाली माटोको सुवास फैलाइरहेका छन् । नेपाली राष्ट्रियताको विस्तार गरिरहेका छन् । तिनीहरू नै नेपालका सच्चा दूत पनि हुन् । केही समयअगि अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनले करिब ६० लाख नेपाली मन नेपाली डायस्पोराका रूपमा विश्वभरि फैलिरहेको उल्लेख ग¥यो । ‘नेपाल’ पत्रिकाले ‘पौरखी प्रवासी’ शीर्षक दिएर विदेशी भूमिमा आनै प्रतिभा र क्षमताले मातृभूमिको मान राख्ने १९ जना नेपालीको कथा नै छापेथ्यो ।

सयांै, हजारांै र लाखौं नेपाली रोजगारी, अवसर, आविष्कार अनि अध्ययनको खोजीमा तथा कतिपय लहडमा मातृभूमिभन्दा पर अर्कै मुलुकलाई कर्मभूमि बनाइरहेका छन् । त्यतै स्थापित छन् र आनै मौलिकतामा नेपाली परिचयको विस्तार गरिरहेका छन् । केही त्यस्ता प्रतिभाको साङ्केतिक उल्लेख यहाँ गर्दैछु ।

कुनै समय नेपालको निजामती सेवामा कानुन अधिकृत रहेका प्राध्यापक सूर्य सुवेदीको नाममा बेलायतको विख्यात अक्सफोर्ड विश्वविद्यालयले मानवअधिकार र विद्यावारिधिसम्बन्धी पुरस्कार नै स्थापना गरेको छ । १९९३ मा सोही विश्वविद्यालयबाट विद्यावारिधि गरेका सुवेदीले अन्तर्राष्ट्रिय कानुनका क्षेत्रमा गरेको असाधारण योगदानका लागि महाविद्यावारिधिसहित राष्ट्रिय सम्मान दिएको थियो । कतिपय समारोहमा बेलायती महारानीको प्रतिनिधित्वसमेत गर्ने अवसर पाएका सुवेदी संयुक्त अधिराज्य बेलायतमा अझ भनौं युरोपमा नै त्यस स्थानमा पुग्ने पहिलो नेपाली हुन् । कैयन्् अन्तर्राष्ट्रिय मञ्चमा अन्तर्राष्ट्रिय कानुनी समाधानका सूत्र पनि हुन् सुवेदी ।

शेष घले अर्का त्यस्ता व्यक्ति हुन्– जसले नेपाली पहिचानलाई अस्ट्रेलिया महादेशमा फिँजाएका छन् । लमजुङमा जन्मेर साबिक सोभियत सङ्घमा इन्जिनियरिङ शिक्षा लिई नेपाल सरकारका कर्मचारी अहिले मेल्बोर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत, प्रमुख लगानीकर्ता र उत्कृष्ट व्यवसायीका रूपमा स्थापित छन् । घले नेपाली डायस्पोराका पहिलो खर्बपति र नेपाली मूलका दोस्रो खर्बपति हुन् अनि परिश्रम तथा मेहनतबाट धनी अस्ट्रेलियालीमा उनको नाम लिने गरिन्छ । युवा उद्यमी पुरस्कार विजेता घले २०७२ को महाभूकम्पका समयमा नेपालका विशेष दूत र महिला हिंसाविरुद्धका सद्भावना दूतका रूपमा पनि परिचित छ । उनको इन्स्टिच्युटबाट सङ्कटापन्न युवा नेपालीलाई विशेष सहयोग हुँदै आएको छ ।

अस्ट्रेलियामै रहेका स्वाथ्यकर्मी कुमुद धिताल मृत मानिसको मुटु झिकेर जिउँदो मानिसमा प्रत्यारोपण गरी विश्वलाई चकित पार्ने अर्का ‘नेपाली’ हुन् । उनकोे चिकित्सा सेवाबाट कैयन् मानिसले जीवन पाएका छन् । उनको प्रविधि विश्वभरि फैलिइसकेको छ ।

आना हजुरबुबाको क्षयरोग पीडा बाल्यावस्थामा देखेर त्यो पीडाको निदान खोज्ने काममा निरन्तर लागेका ज्ञानु लामिछाने विश्वविख्यात जोन हप्किन्स विश्वविद्यालयका स्थापित वैज्ञानिक बन्न सफल भए, त्यो पनि आना हजुरबुबालाई दुख दिने ट्युबरकुलोसिसको ‘माइक्रोब्याक्टेरियन ट्युबरकुलोसिस’ नयाँ उपचारपद्धति पत्ता लगाएर, जसका लागि उनले ठूलो सम्मान र पुरस्कारमात्र पाएनन्– अमेरिकाभरि नै चर्चित बन्न पुगे । उनको यो प्रयास धेरैका हजुरबुबा, हजुरआमाको पीडाको निदान भएको छ ।

अमेरिकामा पढेर उत्कृष्टता प्रदर्शन गर्नेहरूबीच युवा अर्थशास्त्री पराग पाठकको नाम चर्चित छ । मिनी नोबेल पुरस्कारको रूपमा चिनिएको ‘जोन बेट्स क्लार्क मेडल २०१८’ पाउन सफल पाठक विश्व अर्थशास्त्रलाई नयाँ स्वरूप दिन सक्ने उत्कृष्ट २५ अर्थशास्त्रीको सूचीभित्र पर्छन् । नोबेल पुरस्कार विजेता अर्थशास्त्री एल्भिन ई रुथका अनुयायी पाठकले सन् २०१२ को ‘प्रसिडेन्सियल अर्ली क्यारिएर फर साइन्टिष्ट एण्ड इन्जिनियर’ को पुरस्कार पनि प्राप्त गरेका थिए । भविष्य अनिश्चित छ तर के आशा गर्न सकिन्छ भने गणित र विज्ञानको मिश्रणले व्यावहारिक अर्थशास्त्रमा छुट्टै सिद्धान्त प्रतिपादन भई नोबेल पुरस्कारसम्म पुग्न सक्ने पहिलो ‘नेपाली’ उनै पराग हुन सकून् ।

अमेरिकामा रहेर वैज्ञानिकका रूपमा दुई युवा समर्पण र सफलताले शिखर चुम्दैछन् । पहिलो हुन् नासाका वैज्ञानिक लुजेन्द्र ओझा, जसले हाइराइज क्यामेरामार्फत मङ्गल ग्रहमा पानी र जीव विकास सम्भावना हुन सक्ने निष्कर्षका लागि चित्र–डाटा लिन सफल भई नयाँ इतिहास रचे । यिनी ‘मस्तिष्कमा मङ्गल मनमा नेपाल’ भएका वैज्ञानिकका रूपमा चिनिएका छन् । अर्का युवा वैज्ञानिक सुदीप खड्का बाग्लुङबाट अमेरिका हानिएको थोरै अवधिमा नै जर्जियाको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा उच्च तह (बायो सेटी–४) का अनुसन्धाता बनिसके । मेडिकल केमिस्ट्री एन्ड मलिकुलर फर्मालोजीमा विद्यावारिधि सुदीप तिनै भाइरोलिष्ट हुन्– जसले केही समयअगि महामारीका रुपमा विश्वलाई आतङ्कित पार्ने इबोला र जिका भाइरसको रोकथाम गर्ने भ्याक्सिन निर्माण गर्न सकिने निष्कर्ष निकालेका थिए । कतै भोलि हालको महाव्याधि कोरोना भाइरसको भ्याक्सिन पनि उनको समूहले पत्ता लगाउन सक्छ ।

परिवार, व्यवसाय र वृत्तिभन्दा समाजसेवालाई प्राथमिकतामा राखी सेवा नै जीवन हो भन्ने आदर्शबाट परिचालित अर्जुनप्रसाद मैनाली अमेरिकामा बस्ने ‘नेपाली’मा सीमित भएनन् । काभ्रेपलाञ्चोकको सामान्य परिवारमा जन्मेका, काठमाडौंको पद्मोदय माविमा सामान्य शिक्षा लिएका अर्जुनमा समाजसेवाको भावना त्यतिखेर जाग्यो, जब उनी १९ वर्षको हुँदा रगत नपाएर एक महिला मृत्युसँग सङ्घर्ष गर्दै थिइन् । उनले तत्काल रक्तदान गरे । १९८७ देखि २०१९ सम्म अर्जुनले गरेको एक सय ७२ पटकको रक्तदानले पाँच सयजना रोगीलाई जीवनदान दिइसकेको छ । अर्जुन सबैलाई जन्मदिनको सेलेब्रेशन रक्तदानमार्फत अरूलाई जीवन दिएर मनाउन आग्रह गर्दछन् ।

उनी धेरैपटक धेरै मात्रामा रक्तदान गर्ने विश्वकै व्यक्ति हुन् । उनको सेवामा जन्मभूमि नेपाल र कर्मभूमि अमेरिकामात्र होइन– एसिया, युरोप, अफ्रिका, अष्ट्रे«लिया र अमेरिकी महाद्वीपका सबै मुलुक लाभान्वित भएका छन् । युद्ध, द्वन्द्व, महामारी, विपत्ति, दुर्घटना वा रोग जुनसुकै कारणले रक्त अभावबाट मृत्युसँग सङ्घर्ष गरिरहेका व्यक्तिलाई जीवनदान र अरू मनकारीलाई समाजसेवामा लगाउने प्रेरणास्रोत हुन् अर्जुन मैनाली । न्युयोर्कवासीले रक्तदाता ‘अर्जुन मैनाली दिवस’ मनाउन सुरु गरेको कुरा प्रकाशमा आएको छ । नेपाल रक्तदाता समाज (ब्लोदान) का संस्थापक सदस्य अर्जुन मैनाली अब नेपाली मनमात्र नभएर विश्वकै प्रेरणापुञ्ज बनिसके । उनको सङ्घर्ष र प्रेरणाको कथा ‘द गिफ्ट अफ लाइफ’ प्रकाशमा आएको छ– जसले ‘परोपकारः पुण्याय’ को सनातन मानवसेवाको मूलमन्त्रलाई बोकेको छ ।

‘एरेस्टेड गड इन काठमाडौं’का लेखक सम्राट् उपाध्याय (इन्डियाना विश्वविद्यालयका सिर्जनशील प्राध्यापक), सिएनएन एङ्कर श्रीमती किरण क्षेत्री, हिमालयन आर्ट काउन्सिलका दीपक सिंखडा (अमेरिकामा धेरै प्रकाशित शिक्षाविद् र इतिहासकार), अध्यागमन कानुनविद् खगेन्द्र जिसी, चलचित्रकर्मी रेस मरहट्टा, चारपटक चेस ग्राण्डमास्टर च्याम्पिएन बनिसकेका अनीशराज गिरी, पशुवैज्ञानिक द्रोणप्रकाश रसाली (क्यानाडा), उम्दा आर्किटेक्ट एवं सहरी योजनाविद् अम्बिका अधिकारी, ‘गेम अफ थ्रोन’ मा ईरीको भूमिका निर्वाह गर्ने अमृता आचार्य (नर्वे), ‘संसार एक पाठशाला’ का विशाल सिटौला (नर्वे), बहुमुखी व्यवसायी महेश श्रेष्ठ (जापान), पूर्वीय दर्शनका अध्येयता शिक्षासेवी प्रमोद ढकाल (क्यानाडा), जीवा लामिछाने (जर्मनी), जिआइएस विज्ञ केशव भट्टराई (मिजौरी), एसियन इन्स्टिच्युट आफ टेक्नोलोजी (थाइल्यान्ड) का शोभाकर ढकाल, वातावरणविद् राजु अधिकारी (अस्ट्रेलिया), एक्को एभानी विजेता प्रबल गुरुङ (अमेरिकी फेसन डिजायनर), रुबीका चमक दीपक अधिकारी (म्यान्मार), मृदु आचार्य (अमेरिका) र यहाँ नाम लिन छुटेका कैयन् वैज्ञानिक, विचारक, अध्येता, अनुसन्धाता, व्यवसायी, उद्यमी, पेसाकर्मी, कलाकार, परिश्रमी–पौरखीहरू नेपाली मनका धरोहर हुन् । उनीहरूको प्रख्याति, प्रतिष्ठा, सम्मान र सङ्घर्षमा मातृभूमिमै पसिना बगाउने परिश्रमी तथा प्रतिभा गर्व गर्छन््– नेपालीहरू फैलिरहून् । लाखौंलाख शुभकामना !

प्रवासमा मात्र होइन– स्वदेशमै बेजोड ‘नेपाली’ र परिश्रमका पौरख छन् । गोर्खाहरू इमानदारीका नमुना हुँदै हुन्, शेर्पाहरू परिश्रममा सगरमाथा चुम्ने पौरखी हुन् । कति धेरै शेली र देवकोटाहरू मेलापात र मजदुरी गर्दै होलान् । रोमन मेगासेसे र पद्मभूषणले विभूषित डा.सन्दुक रुइत असम्भव कुरालाई सम्भव बनाउने धेरैका जीवनज्योति हुन् । ‘रुइत प्रविधि’ विकास गरी स्तरीय तर सबैले लिन सक्ने किफायती सेवा दिई लाखभन्दा बढीलाई संसार देखाउन सक्ने वैज्ञानिक यहीं छन् ।

राष्ट्रिय आविष्कार केन्द्रमार्फत गाउँघरमा जीवनोपयोगी प्रविधि पु¥याउने वैज्ञानिक महावीर पुन यहीं छन् । दुवै वैज्ञानिक प्रयोगमा आउन नसक्ने विज्ञान र जीवनोपयोगी सीप दिन नसक्ने शिक्षालाई आआनै सङ्घर्षले चुनौती दिइरहेका छन् । कति धेरै वैज्ञानिक र प्रतिभा अवसरै नपाई आना क्षमता प्रस्तुत गर्न पाइरहेका छैनन् । सधैं इच्छाशक्तिले डो¥याएर वा सङ्घर्ष गरेर महावीर वा रुइत बन्न हामीमध्ये कति सक्छौ ? आनो भविष्य आनै मातृभूमिमा खोजी गर्न, सबैको भविष्य यही सुरक्षित छ भनेर आश्वस्त पार्न र लुकेको प्रतिभालाई प्रकट हुने अवसर दिन सके नेपाली मनका कति नेपालीले नेपालभित्रै नेपालको पहिचान बढाउने काम गर्न सक्थे होलान् !

सफलताले सफलतालाई प्रोत्साहन गर्छ, प्रोत्साहनले सफलता डो¥याउँछ । जन्मँदा सबै समान रहे पनि बर्थप्लेस प्रिमियम पाएका व्यक्ति नै अगि बढेका छन् । प्रतिभा विकासको यो तगारो नहटाएसम्म स्वदेशका नेपाली मन प्रस्फुरण हुन पाउनेछैनन् । त्यसैले आवश्यकता समान अवसर हुने प्रणाली निर्माणको हो ।

-गोपी मैनाली

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }