बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढी र डुबानका कारण इनरुवाका विद्यालय बन्द


  • माउन्टेन खबर
  • बुधबार, असार १५, २०७९
  • 489
    SHARES

१५ असार, काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ ।

दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका विभिन्न वडा क्षेत्र डुबानमा परेको र बालबालिकालाई विद्यालय जानका लागि समस्या हुने भएकाले विद्यालय बन्द गरिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

डुबानका बेलामा विद्यालय जाने क्रममा बालबालिकामाथि हुनसक्ने सम्भावित जोखिम हुन नदिनका लागि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इनरुवा क्षेत्रका निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको प्रमुख भण्डारीले बताउनुभयो ।

त्यसैगरी देवानगञ्ज गाउँपालिकाले समेत गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुँडामणि गुरागाइँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)