बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै


  • माउन्टेन खबर
  • सोमवार, असार २०, २०७९
  • 470
    SHARES

२० असार, काठमाडौं । स्वास्थ्य कार्यालय बाँकेले आठ पालिकाका ८१ वडामा आजदेखि कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ । विशेषगरी १८ वर्षमाथिका नागरिकलाई लक्षित दुई दिनसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको छ ।

असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ । अहिलेसम्म बाँकेमा शतप्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा हालसम्म चार लाख ८१ हजार ८३३ ले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका हुन् । यो लक्ष्यभन्दा एक दशमलव २ प्रतिशतले बढी हो । बाहिरी जिल्लाबाट आएका व्यक्तिले खोप लगाएका कारण लक्ष्यभन्दा बढीले जिल्लामा खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

दोस्रो डोज खोप लगाउनेको सङ्ख्या तीन लाख ८५ हजार ८९२ रहेको छ । खोपको मात्रा पूरा गर्ने अर्थात दोस्रो डोज लगाउने ८१ दशमलव १ प्रतिशत रहेका छन् । बुष्टर डोज लगाउनेको सङ्ख्या भने जिल्लामा निकै कम छ । बुष्टर डोज लगाउनेको सङ्ख्या एक लाख सात हजार ३०६ रहेको छ । प्रतिशतका हिसाबले यो २२ दशमलव ५ प्रतिशत हो ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा शतप्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् ।

सबैभन्दा कम खोप लगाउनेमा नरैनापुर र जानकी गाउँपालिका रहेका छन् । ती पालिकामा पहिलो डोज खोप लगाउने ८० प्रतिशतको हाराहारीमा छन् । बैजनाथ, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा ९० प्रतिशत बढीले कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै छन् । केही दिनयता फेरी बाँकेमा कोरोना सङ्क्रमिता बढ्दै जान थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)