शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सबै प्रदेशका गृहमन्त्रीले गरे जनकपुरधाममा सामूहिक पूजा


  • माउन्टेन खबर
  • बिहिबार, असार २३, २०७९
  • 588
    SHARES

मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणामा जनकपुरधाम आइपुग्नुभएका पाँच प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्रीले आज बिहान जानकी मन्दिरमा सामूहिक पूजाआजा गर्नुभएका छन् ।

जनकपुरधाममा आयोजना हुन लागेको शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका कर्णाली प्रदेशबाहेक अन्य प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सचिव तथा मुख्यन्यायाधिवक्ताको टोलीले जानकी मन्दिरमा पुगेर सामूहिक पूजाआज गर्नुभएको हो ।

जानकी मन्दिरमा पूजाआजा र दर्शन गर्न पुग्नुभएका प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापा, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलसहितको टोलीलाई सो क्रममा मन्दिरमा उत्तराधिकारी महन्थ रामरोशन दासले प्रदेशका गृहमन्त्री तथा सचिव र मुख्यन्यायाधिवक्ताहरूलाई सम्मान गर्नुभयो ।

उहाँहरुले बुधबार साँझ जनकपुरधामस्थित गङ्गासागर पोखरी हुँदै आएको महागङ्गा आरतीमा सहभागी थियो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीराबहादुर शाहीलाई आमन्त्रणा गरिए पनि कार्यव्यस्थताका कारण आउन नसकेको जनाइएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यतामा आज जनकपुरधाममा आयोजना हुने सो कार्यक्रममा प्रदेशका गृहमन्त्री, सचिव र मुख्यन्यायाधिवक्ता सहभागी हुने मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।

सो छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धतापत्र जारी गर्ने कार्यक्रम तय भएको मन्त्री साहको भनाइ छ । आजै टोलीले जयनगर–कुर्था रेलमार्गमा चल्ने रेलमा जनकपुरबाट कुर्थासम्मको यात्रा गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

सो टोलीले भोलि यही असार २४ गते बिहान धनुषाधामस्थित धार्मिकस्थलको भ्रमण गर्ने र यसपछि उहाँहरूलाई मायाको चिनो प्रदान गरी बिदाइ गर्ने कार्यक्रम रहेको मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)