आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मल नपाउँदा रोपाइँमा समस्या


  • माउन्टेन खबर
  • बुधबार, असार २९, २०७९
  • 455
    SHARES

२९ असार, काठमाडौं । असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताउनुभयो ।

गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । मल, सिँचाइ लगायतको समस्याका कारण धान रोपाइँमा ढिलाइ भएको जिल्लाका किसानको गुनासो छ । नियमित पानी नपरेको कारण रोपाइँ गर्न समस्या भएको हरिवन नगरपालिका– २ का किसान रामपुकार महतोले बताउनुभयो ।

धेरै किसानको खेतमा बीउ छिप्पी सक्दा पनि मलको अभावले समयमै धान रोप्ने काम सुरु नभएको रमेश अधिकारीले गुनासो गर्नुभयो । मल कुर्दा कुर्दै धानको ब्याड बिग्रदै गएको उहाँको भनाइ छ ।

केही किसानले भने महँगोमै भए पनि भारतीय रासायनिक मल किनेर धान रोपेका छन् । यसरी आएको मल बोराको रु दुई हजार २०० सम्ममा खरिद गर्नुपरेको किसानको गुनासो छ । मल ल्याउँदा सीमामा दुव्र्यवहारसमेत भोग्नु परेको किसान दीपेन्द्र महतोले गुनासो गर्नुभयो ।

बागमती सिचाइँमा पानी ढिलोगरी सञ्चालन हँुदा पनि किसानले समयमा धान रोपाइँ गर्न नपाएको बताइएको छ । बागमती सिचाइँले मूल नहर मर्मत, सफाइ, नहरको ढोका निर्माण, मर्मत लगायतको काम स्थानीय निकायको निर्वाचनले गर्दा ढिलागरी ठेक्का लगाएको र काम ढिला सकिएकाले पानी सञ्चालनमा ढिलाइ भएको बागमती भूमिगत जलस्रोत सिँचाइ आयोजनाले जनाएको छ । सिँचाइले नहरमा गत मङ्गलबारबाट पानी छोडेको हो । पानी सञ्चालन भएपछि नहर नजिकैका किसानले धमाधम धान रोपाइँ सुरु गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)